सफलता पाएर मातृत्व नपाएको बाल्यकाल-सुनिल बराल
यु.के.लाल ।
पिडाबाट गुज्रिएको पारिवारिक पृष्ठभूमि
हरेक आमा-बाबुले आफ्नो सन्तान सकभर नामी र दामी बनोस् तर बदनामी बनेर आमा-बाबुको इज्जत नफालिदेवस् भन्ने अपेक्षा राख्छन् भने हरेक सन्तानले आफुले गरिरहेको प्रगतिलाई आफ्ना आमा-बाबुले प्रत्यक्ष हेरेर खुसी हुन सकुन् भन्ने चाहना राखेका हुन्छन् । तर केही बाहेक सबै आमा-बाबु र छोराछोरीको अपेक्षा एवं चाहना पुरा नहुन पनि सक्छ । यस्तै एउटा जन्मेको एघार दिनपछि सदाका लागी मातृत्व गुमाएको र बा¥ह बर्षको उमेरमा पिताको पनि अभिभावकत्व गुमाइ कष्टकर बाल्यकाल गुजारेर भारत प्रवासमा सहोदर दाजुहरुको साथमा रहेर काम सिक्दै एउटा बराल टूान्सपोर्ट कम्पनीको सफल ब्यवसायी बनेर बेग्लै पहिचान दिएका ब्यक्ति हुन सुनिल बराल ।गुल्मी जिल्ला रुरु गाउँपालिका २ जन्म घर भएका आमा बल्लवीदेवी बरालको कोखबाट २०३९ भाद्र १४ गते जन्मिएका चन्द्रमणी बरालको कान्छो छोरा सुनिल बरालका छ दाजुहरु र चार दिदीहरु रहेका छन् । श्रीमती राधा ज्ञावली (बराल)संग बैवाहिक सम्त्रन्धमा जोडिएका सुनिल बरालका एक छोरी प्रियाल बराल र एक छोरा अभियान बराल रहेका छन् । बाल्यकालमै आमा-बुबाको मृत्यु भइसकेपछि आफ्ना दाई र दिदीहरुको लालन-पालन तथा सहयोगबाट गाउँको बिद्यालयमा पढ्दै कपिलवस्तुको जनता मा.बि.बाट एस.एल.सि.को परिक्षा दिएर सो¥ह बर्षको उमेरमा दाइहरुसंगै भारतको दिल्लीमा आएर दाई युवराज बराल र खेमराज बरालले सञ्चालन गरेको कुरियर सर्भिसमा काम गर्दै र पढ्दै पनि गर्दै जाँदा डा. बि.आर अम्बेडकर युनिवर्सिटीबाट बि.काुम.सम्मको पढाइ गरेका सुनिल बाराल आफ्ना दाजुहरुसंग कुरियर सर्भिसमा काम गरेको अनुभवलाई बराल लजेष्टिक टूान्सपोर्ट कम्पनीमा बदल्न सफल ब्यवसायी हुन् ।
(क) जागिरको अनुभवबाट रोजगारदाता
बाल्यकालकै टुहुरो अवस्थाबाट जीवन निर्वाहका लागी दाईहरुको साथमै रहँदा दाई युवराज बरालले दिल्लीमा सञ्चालन गरेको कुरियर सर्विसमा ६ महिना काम गरेको र साँहिला दाई खेमराज बरालले कलकत्तामा सञ्चालन गरेको कुरियरमा होम डेलिवरी सर्भिसदेखि ब्यवस्थापकीय भूमिकामा रहेर जागिर गरेका रहेछन् । सन २००५ देखि २०१३ सम्म चार दाजुभाई मिलेर साझेदारीमा दाईहरुको मातहतमा रहेर काम गर्दा अपेक्षाकृत ंपरिणाम आएर प्रगति हुन नसकेपछि त्यसको गम्भीर समिक्षा गरेर आफुले फरक ढंगबाट कामको शुरुवाट गर्ने सोंच बनाएर सन २०१३ देखि बराल लजेष्टिक टूान्सपोर्ट कम्पनी खोलेर त्यसको नेतृत्व अहिले आफैले गरिरहेको उनी बताउछन् । आधुनिक डिजिटल प्रबिधिको बिकासले हुलाक सेवा जसरी काम गर्ने खालको तरिकाबाट कुरियर सेवा सञ्चालन गर्न नसकिने जस्तो अवस्था आएपछि होम डेलिवरी कुरियर सेवा बन्द गरेर लजिष्टिक टूान्सपोर्ट कम्पनीको मोडलमा सेवा सुचारु गर्नुपरेको उनी बताउछन् । महाराष्टू राज्य अन्तरगत मुम्बइ ठाना भिउण्डीमा रहेको उनको कम्पनीले चारसय जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको र अहिले उनका ११८ वटा ठुला(साना गाडीहरुले भारतका अमेज, रेमण्ड, बाटा, मेटूो, पिडिलाईट, हिन्दुस्थान युनिलिवर जस्ता ५०० जति ब्राण्डेड कम्पनीहरुसंग सहकार्य गरेर ति कम्पनीहरुले उत्पादन गरेका सामानहरुको टूान्सपोर्ट गर्ने गरेको उनी बताउछन ।
(ख) बाल्यकालमा नगरेको टुहुरो अनुभूति अहिले सम्झँदा पिडाको अनुभूति !
आफु जन्मेको एघार दिनमा ममतामयी आमाको निधन भएपछि उनका बुबाले भैंसीको दुध खुवाएर हुर्काएका र आफु थाह पाउने उमेर हुँदा गाउँघरका आफन्तजनहरुले सुनिललाई देखेपछि बिचरा ! यो बाबु त एघार दिनमा आमा गुमाएको टुहुरो हो भनेर सहानुभूति दिंदा उनीहरुको कुराले आफुलाइै खासै प्रभाव नपारेको र आफु बा¥ह बर्षको हुँदा बुबाको पनि रुखबाट लडेर मृत्यु भइसकेपछि दुःखका दिनहरु आएको अनुभूति गरेता पनि दाईहरु र दिदीहरुको माया र अभिभावकत्वले गर्दा बाल्यकालमा खासै टुहुरो भएको महसुस गर्नु नपरेको उनी बताउछन् । जब हुर्कदै हुँदै जाँदा युवावस्थाका आवश्यकता पुरा गर्नका लागी चाहिने आर्थिक अभावहरु झेल्नुपर्ने र जवानीमै कामको जिम्मेवारीले दिइरहने तमाम चूनौतिहरुसंग खेल्नुपर्ने स्थितिले अन्ततः आफुलाई एउटा उद्यमी ब्यवसायिको पहिचान दिलाएको रहेछ । ब्यवसायिको पहिचानसंगै राधा ज्ञावलीसंग बैवाहिक संबन्धमा जोडिएर आफैपनि छोराछोरीको बाबु बनिसकेको अवस्थामा एकदिन नेपालमा गएको बेला संयोगबस नाम चलेको तान्त्रिक ब्यक्तिसंग भेट भएको रहेछ । तान्त्रिकले मरेका मान्छेहरुको आत्मालाई ंबोलाएर कुरा गराइदिन्छन् रे भन्ने हल्ला पनि चलेको रहेछ । सुनिललाई खासै बिश्वास नलागेता पनि यदि त्यसो हो भने आफुलाई आमाको आत्मासंग भेट गर्ने इच्छा जागेछ र उनले तान्त्रिकलाई यो कुरा भनेछन् । तान्बिकले पनि उनको कुरालाई मानेर आफु मार्फत सुनिलको आमाको आत्मालाई बोलाइदिएछन् । आमाको आत्माले सुनिललाई बाबु तिमीलाई मैले जन्म दिएँ तर हुर्काउन पाइन । तिमी अझै बाँचेकै छौ बाबु ? कति दुःख पायौ है मेरो छोरा भनेर आमाको आत्माले भनेपछि सुनिलले त्यहिनेरै डाँको छोडेर अलाप(बिलाप गर्दै रोएको घट्ना सम्झदा अहिले पनि आफुलाई निकै भावुक बनाएर पिडाको अनुभूति गराउने गरेको उनी बताउछन् ।
(ग) सफलताको पछाडि जोडिएका ब्यक्तिहरु
कुनैपनि काम एक्लैले गरेर सम्भव हुदैन । सफलताको श्रेय नेतृत्व गर्ने ब्यक्तिलाई जाने भएता पनि त्यसका पछाडि अप्ठ्यारोमा सहयोग गर्ने ब्यक्तिहरुको भूमिका पनि निकै महत्वपूर्ण हुने गर्दछ । साझेदारीमा रहँदा होस् या भाइहरुको बीचमा सहकार्य गर्दा नै किन नहोस् कहिलेकाँही हिसाब(किताबमा दाजु(भाइहरुको बीचमा भनाभन हुने गरेको भएता पनि कामको खटन(पटनमा कहिल्यै पनि कमी नभएको र बिहान ८ बजेदेखि रातीको ११ बजेसम्म काममा खट्ने गरेको उनी बताउछन् । कम्पनीका एजेन्ट, कर्मचारी, मजदूरहरुलाई पार्टनरको हिसाबले हेरेर ब्यवहार गर्दा नै सबैको भूमिका प्रभावकारी बन्न गएको अनुभव उनीसंग रहेको छ । मेहनेत गरेपछि भाग्य आफै बन्छ भन्ने मान्यतालाई आत्मसात गरेका सुनिलले अरुको सित्तैमा खाने, अरुलाई ठग्ने र कसैलाई पनि हेप्ने काम गर्नुहुदैन भन्ने उनको धारणा रहेको छ । एकता, कठिन मेहनेत र निरन्तरता नै आफ्नो सफलताको शुत्र भएको बताउने सुनिलले आफ्नो सफलता पछाडिका महत्वपूर्ण ब्यक्तिहरुको नाम लिनुपर्दा श्रीमती राधा ज्ञावली (बराल), दिदी मिना पौडेल, दाईहरु दीवाकर बराल, खेमराज बराल, साला जनकराज ज्ञावली र ब्यवसायिक सल्लाहकार साथी दिपेश सुबेदीको भूमिका अप्ठ्यारो परिस्थतिमा निकै महत्वपूर्ण रहेको उनी बताउछन् ।
(घ) नेतृत्व परिवर्तन र नेतृत्वमा युवा
कुनैपनि ब्यवसायिक, सामाजिक तथा राजनीतिक संस्थामा धेरै अनुभव छ भनेर काम गर्न नसक्ने अवस्थासम्म पनि पुरानै पात्रलाई नेतृत्वको जिम्मेवारी दिइरहने कुराले काममा गति पैदा नहुने र काममा गति नआए प्रगति पनि नहुने भएकोले नेतृत्व परिवर्तन गर्ने कुरालाई बिशेष ध्यान दिएर युवालाई नेतृत्व बिकास गर्ने अवसर प्रदान गर्नुपर्ने उनको पहिलो सुझाव छ । नेपालको राजनीतिमा लोक कल्याणकारी स्थीर सरकार हुनुपर्ने, आयात प्रतिस्थापन र निर्यात प्रबद्र्धन गर्ने खालको योजना बनाएर लागु गर्नुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने अधिकार सम्पन्न शक्तिशाली संयन्त्र बनाएर प्रभावकारी ढंगले परिचालन गर्न सकेमा देशले समृद्धिको यात्रालाई सहि ढंगले अगाडी बढाउन सक्ने उनको बिश्वास सहितको सुझाव रहेको छ ।