बाजुरा केन्द्र बिन्दु बनाएर भूकम्पको धक्का, क्षतिको विवरण आउन बाँकी
बाजुराको पूर्वी-उत्तर भेगको गोत्री केन्द्रविन्दु बनाएर बिहान सवा ४ बजे भूकम्प गएको हो । क्षतिको विवरण आउन बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ ।

६ पुस, बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकामा भूकम्प गएको छ ।
गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । केन्द्रका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेट जाँदा भूकम्प गएको हो ।
भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । भूकम्प गएपछि स्थानीयले घर बाहिर निस्किदै होहल्ला गरेका हुन् ।