नेकपाको एकता टुंगियो,संयोजक गोविन्द र सह-संयोजक सुरज
रेखदेख संवाददाता
बैशाख १८, रुकुम पश्चिम ।
नेपाली कम्युनिस्ट पार्टी रुकुम पश्चिमले जिल्लाको एकता प्रक्रिया टुङ्ग्याएको छ । वैशाख १६ गते मुसिकोटमा आयोजित जिल्ला कमिटीको बैठक पछि औपचारिक रूपमा पार्टीको एकता प्रक्रिया टुङ्ग्याएको हो । रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा बसेको पार्टी बैठकले गोविन्द रोका सचिनलाई जिल्ला संयोजक र सुरज कुमार परियारलाई सह-संयोजकको जिम्मेवारी दिइएको छ ।
नेकपा रुकुम पश्चिमले २ सय २९ सदस्यीय जिल्ला कार्यसमिति निर्माण गरेको छ । जसअन्तर्गत ७५ सदस्यीय सचिवालय र कार्य संयोजन समिति बनाउने निर्णय पनि गरिएको नेकपाले बताएको छ । पार्टीले जिल्ला समितिको एकता समायोजन प्रक्रिया आपसी सहमतिमा टुङ्गो लगाइएको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला संयोजक रोकाले जानकारी दिएा छन् । एकता समायोजन प्रक्रियामा पूर्व माओवादीको जिल्ला कार्यसमितिमा रहेका तथा पूर्व एकीकृत समाजवादीको पदाधिकारी, जिल्ला कमिटी र प्रदेश सदस्यमा रहेकालाई जिल्ला कार्यसमितिमा राख्ने निर्णय गरिएको छ ।
त्यस्तै जिल्ला इन्चार्जमा केन्द्रीय सदस्य बसन्त कुमार शर्मा र सह इन्चार्जमा केन्द्रीय सदस्य देवी ओली रहने गरी सहमति गरिएको छ । बैठकले जेठ मसान्त देखि असोज सम्म सबै पार्टी समिति र जनवर्गीय संगठनहरूको एकता गर्ने, सदस्यता नवीकरण, वडा समितिको अधिवेशन, पालिका समितिको एकता अधिवेशन सकेर जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

