जलजला जिप दुर्घटनाः मृतक रुकुम पुर्ब र दाङ जिल्लाका विवरण सहित
रेखदेख संवाददाता
बैशाख १८,रुकुम पश्चिम । रुकुम पूर्वबाट रोल्पाको जलजला जादै गरेको जिप दुर्घटनामा परी मृत्यु भएकाकोे पहिचान खुलेको छ । बिहीबार साँझ रुकुम पुर्वको रुकुमकोटबाट रोल्पाको जलजला जाँदै गरेको जिप थवाङ गाउँपालिका १ जलजलामा दुर्घटना भएको हो । दुर्घटनामा परी २० जनाको घटनास्थलमै मृत्यु भएको थियो । भने एक जना घाइते भएका थिए ।

मृतकको विवरणः
१) रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नं. ५ का ३२ वर्षीय गोर्ख विक,
२)रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नं ५ की ५३ वर्षीया तिलकुमारी बुढाथोकी,
३) रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नं ५ का २८ वर्षीय युवा बिसी,
४)रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नं ५ का १० वर्षीय दिव्यन बिसी
५)रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नं ५ की २४ वर्षीया सृजना बुढाथोकी
६)रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नं ५ का १३ वर्षीया सुदीप बुढाथोकी
७) रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नं ५की ४० वर्षीया ओमकुमारी बुढाथोकी
८) रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नं ५ की ६० वर्षीया मीना कामी
९) रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नं ५ की ६० वर्षीया लक्ष्मी शाह
१०) रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नं ५ की २७ वर्षीया रुपमिना बस्नेत
११) रुकुम पूर्व भुमे गाउँपालिका वडा नम्बर ५ का टेक प्रसाद बस्नेत
१२) दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ रतनपुरका ५४ वर्षीया दोरपती जिसी
१३) दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ३२ वर्षीया तिला जिसी
१४) दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ७ वर्षीया जेनिस जिसी
१५)दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ का १२ वर्षीया जेनिसा जिसी
१६)दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ का २५ वर्षीया एलिना जीसी
१७) दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ७ वर्षका संयोग जिसी
१८)दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ का उमेर नखुलेका यमबहादुर जिसी
१९) घोराही उपमहानगरपालिका वडा नम्बर १५ उमेर नखुलेका १३ का धनमाया बिष्ट
२०) दाङकै शान्तिनगर गाउँपालिका घर भई हाल सिस्ने गाउँपालिका वडा ५ मा वस्ने सवारी चालक ४२ वर्षीय बेदु कामीको घटना स्थलमै मृत्यू भएको थियो । जीपमा रहेका रूकुम पूर्वको सिस्ने गाउँपालिका ५ का ३२ वर्षिय समिर कामी जीपको छतबाट हाम फालेर घाईते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापाले जानकारी दिएका छन् । उनले भने, प्रतिकुल मौसम, भौगलिक विगटताको कारण उद्धारमा समस्या भएको छ ।

