चोर औँठाउ सिलुक

आफू सिदा बस्याउजस्तो गरिकिन छुपुक्क चुप्किन्या । चोर्ने उद्दिमउ ढाकछोप गन्र्या । चो¥याउ अपगाल जत्ति कान्छी औँठाउ थाप्ला हाल्न्या । केइपर्‍यापछि माज्या औँठो र साइँल्या औँठो थाप्पिन्या । हमछि आफ्नो उचाइहेरि बन्नासी लाउन्या । उतापाइ सिगाउन्या, यतापाइ बाँरीचुरी खाल्न्या । माज होला र अरु के हुनो र ! सिम्रोत्तोउ पच्चीस लाखउ कान्डो पनि काटीकुटी ठ्याक्र्याक्कै तेइखो अम्श ता होला नि ।’ मेरो सिलुग यत्ति हो । बुजक्कीले बुज्या भो, नबुज्या भो । उतापाइकाले खान्त्या पिन्त्या, म आइगेत्याँ । यतापाइ कोरुनाले को रुने को हाँस्ने बनाउ छ गरै क्यार्दाउ र बलै । भिर्तभिर्तै आगो सल्किसग्याउछ हेर्नोइ । आफैआफ सम्माल्लिकिन घरमै छुपुक्क चोच्किनुहोला है तो । परेइबेला सत्तिने, हातदिने, काँधदिने कोइ ह्रनेछैनन् ह्याँ ।

कोचलगाँरो ।

’उइलैफुर्न दाब्रे हात कामै नगरी बस्त्यो गरे । अलिअलि काम ता गत्र्याे गरे तेइपनि दाइन्या हातलाई सगाउने मार्तै । खानेपिने बेला आयो कि दाइन्या हात अग्वा लाइजान्या । जैलै पछ्वाको पछ्वा ।

हुना हुना दाब्रे हात काँतिबाट बिच्क्यो छ र दाइन्या हातलाई भन्नेल्यो छः “म मार्तै टिट्काउ गु पुछ्ने ? म पनि दाइने हातउभन्दा नामरी काम गर्न सक्चु गरै । जे फाँर्रेला फार्रेला मै गर्चु अब दाइने हातउ काम पनि !“

दाइन्या हातइनि दाब्रे हाता औँठा पनि अग्ला होचा हुँदान् प । दाब्रे हातले पाँचोटै औँठाउ कुमिटि बसाल्यो छ । कुमिटिका सदस्स्याहरुले चाँजोसल्ला पनि गर्रेल्याछन्ः सप्पैले बरोम्बरी काम गरिकिन दाइन्या हातलाई उछिन्न्या ।

कुमिटि चित्त बुजिन्त्यो कि के भइत्यो प । बुरी औँठाले भन्नेल्यो छः “तिमीहरु जेसुनि उपति फाँर म ता अलग्गै फस्किन्चु । तिमीहर्रोऊ भाग पनि चाइयाउ छैन । धाक पनि चाइयाउ छैन ।“

यो बिनापाइनैसित अलवर्तै दिउँसै सिलुक हाल्ने को गाँरो हो भन्ने मान्नुभयाउ होला । चिनापर्चि गर्रेलौँ है तो ! ज्याबाले जर्मिनासात ह्राग्द्याउ मेरो नाउँ ता कौशल थ्यो प । ह्वाँपछि पाटीले ह्राग्द्याउ नाउ गौरव थ्यो । घर बारबिस्यापाइ थ्यो । अइजल पाटीले चारबीस घटाइदिनकिन यतैपाइ खटाउ छ भन्नुहुन्च । ह्याँको भुनो मुलुक ता भइयो नि त्यति नाम्रो कौशल र गौरव नाउलाई गाउँल्याले बिगार्दिकिन नाउ ता कोचलगाँरो पो बनाइद्याछन् हेर्नोई । हुनाखानाउ गाउँको नाउ घटाइदिकिन आठबीस्या बनाइद्याछन् । क्यार्दाउ र बलै । भाराबैरागौ मर्नु ।

के सिलुक भन्नलायाउ थ्याँ नै मले ? चेतकान आगाले टप्काल्यो भन्नुहुन्च । अँ… अँ… सम्ज्याँ… सम्ज्याँ…. ।

’हमछि उतापाइ बरम्बरी भाग पाइन्च भन्यापछि दाब्रे हाता चारोटा औँठा राजी भइयाछन् प । अर्को कुमिटिमा सप्पै औँठा बरोबरी बनाउनापत्त होचा औँठालाई तानिकिन अग्ला बनाउने निर्लय ठोक्केल्याछन् । निर्लय त ठोग्या तेइपनि काँतिबाट हुनो र नि । बारभाँति गर्‍या पनि होचा औँठा मरिकाट्या तान्नेनछन् । केइ आऽपाऽ नलाग्यापछि औँठा बराबर बनाउनापत्त दाब्रे हातले अग्लाअग्ला औँठाऽ टाउगा ताछतुछ पारिकिन कान्छी औँठाउ बरम्बरी बनाल्यो छ । ह्वाँपछि दाब्रे हातले नइयाँ तरिकाले काम गर्न सुरु गर्रेल्योछ भन्नुहुन्च ।

काम ता उइ त हो नि । कैलै चल्याउ हात भया पो हुनो । यता चलायो उता बिग्रिन्या, उता चलायो यता बिग्रिन्या । तेइपनि काम फत्ते फाँर्चु भनिकिन सगी नसगी ढल्योफर्क्यो गर्न लाइयो छ प । एउटै व्यञ्जन पनि च्याउन मुसिवत पर्ने दाब्रेहातले हात पसारिकिन भया पनि चौरासी व्यञ्जन पनि बनाल्योछ भन्नुहुन्च । लेखलाख पनि गर्न लाइयो छ । खालिहात बस्ने जाबाले सुनचाँदीका बालीहात पनि बनाल्यो छ । हमछि नेसनाल खोजबिन गरी गरी भयाभर्रेऊ ख्वाल्यो छ भन्नुहुन्च ।

ताछतुछ पारिकिन भया पनि दाब्रे हाता सप्पै औँठा बरम्बरी ता भयाछन् । तेइपनि क्यार्दाउ र बलै । ठेगीनु भयाउ घिउ तान्दा पनि नहुन्या, पाँचोटै औँठा सत्तिजान्या ! टीगो लाउँदा पनि नहुन्या, पाँचै औँठा डाम बस्जान्या ! नोट गन्नुपर्यो भन्या पनि नहुन्या, सप्पै औँठा अग्गेट आइजान्या । केइ चिज सिगाउनुपर्‍यो भन्या चारोटै औँठा सत्तिजान्या !

अरु औँठा पनि सत्त्याउ देख्यापछि बरी टाउगा उत्सर्ग गर्‍याहरुलाई भस्मेइ भाउन्ने होइजान्या । मरिकाट्या चित्त नबुज्न्या । सप्पैलाई बरुम्बर बनाउनापत्त सबैभन्दा बरी टाउगो त माज्या औँठाउ ताछ्याउछ हेर्नोई । ह्वाँपछि चोर औँठाउ ताछ्याउछ । ह्वाँपछि साइँली औँठाउ हेर्नोई । कान्छी औँठाउ टाउगो ता ताछ्छेइको छैन प ।

जोखो टाउगो ताछ्छेइको छैन उइखो भाग बरी हुन थाल्यापछि चोर औँठालाई काँबाट चित्त बुज्दो र अनिरै । चित्त बुज्ने कुरै भैन पो नि ? हमछि मुर्मुर्रिने थुर्थुर्रिने गर्न लाइगो छ । माज्या औँठाउ बरी ताछ्या पनि क्यार्दान् र । चोर औँठाले क्यारी अरुलाई छेकछाक पारुँ र जम्मै भाग आफ्नैमा पारुँ भनिकिन तीनधाम गर्न लाइयो छ भन्नुहुन्च ।

ह्वाँपछि जोखो टाउगो बरि ताछ्याउछ तेखो अल्तैभया पनि ठूल्लिने हक हुन्च भनीकिन भाउँताभाउँता अइनकानुन बनाल्यो छ भन्नुहुन्च । अइन बन्यापछि ता चोर औँठो खुसुखुसु अग्लिन लाइयो छ प । हमछि चोर औँठाउ चाल थापाइकिन माज्या औँठो झन् अग्ल्यो छ । साइँल्या औँठो पनि जर्म्यादेखिनको बुता लाइकिन अग्ल्यो छ । कान्छी औँठो भने होचाउ होचइ । दाइन्या हाता औँठाभन्दा पनि होचो ।

बरम्बरी किन भइन तो ? भनी परस्न गर्नेलाई चोर औँठाले जवाक फर्काल्यो छ, “चोर औँठा, चोर औँठा बराबर । कान्छी औँठा, कान्छी औँठा बराबर ।“

चोर औँठाउ चोर्ने बानो काँबाट हराउँदो र नि । यता गरी चोर्नेइ, उता गरी चोर्नेइ । माज्या औँठाले चोर औँठालाई सेप्न्या । साइँल्या औँठो चोर औँठाउ मत लाग्न्या ।

आफ्नो कामजत्ति पनि उपति नलायाउ देख्यापछि हुनाहुना दाइन्या हातउ झोँक चल्ल्यो छ र दाब्रे हातउ मुखैति पच्काल्यो छः “कोइखो नभयाउ उपति फाँर्रेल्चु भनी बिङ्ङा छाँट्ति तो ? अइलसम्म के चोर्‍याइ तो तोले ?“

दाइन्या हाता जवाकले दाब्रे हातलाई ता हुक्कीमर्नु भइयो छ प । अलिकति ठेगानु घिउ तान्न जम्क्यो कि दाइन्या हाता औँठाहरुले उत्पात मच्चाल्ने भन्नुहुन्च । उइलफुर्नौ जमाना भया पो हुँदो ! खायाउ चालपत्ता केइ नहुन्या ! चुइँक्कै भो कि राष्ट्रिय अन्तराष्ट्रिय चोर औँठाहरु जुरुक्कै ठार्रिजान्या, सम्माजि जन्जालमा ह्वारह्वार्ति फैलिजान्या, एक्कैछिना भाइरल्लिजान्या भन्नुहुन्च । कान्छी र बुरी औँठाले केइ चालबास नगर्न्या ।

यसो गरी नहुन्या, उसो गरी नहुन्या । दाब्रे हाता औँठाहरुले नइयाँ जुक्तिले नइयाँ काम गरौँ भन्याछन्, आइन्दा कात्तिक्या दशैँ पनि नमान्न्या, चैत्या दशैँ पनि नमान्न्या । असारा मैनालाई दशैँ मइना घोस्ना गर्दिन्याँ । खर्चपर्च नभयाउ असारा मैनाउ विकासे पैँसाउ टीको थाप्न्या र सगुन्जेल गोजा भर्न्या । तेइखाल्या परिपन्च पनि रच्चल्याछन् भन्नुहुन्च । हमछि चारोटै औँठा  मर्नेइगरी चिच्याउनलाइयाछन् “दशैँ आइयो ! ख्वाउँला, प्याउँला ! के ख्वाउँला ? चोरी ल्याउँला ।“

हमछि चोर औँठाले जुक्ति रच्चेल्यो छ । आफू सिदा बस्याउजस्तो गरिकिन छुपुक्क चुप्किन्या । चोर्ने उद्दिमउ ढाकछोप गन्र्या । चो¥याउ अपगाल जत्ति कान्छी औँठाउ थाप्ला हाल्न्या । केइपर्‍यापछि माज्या औँठो र साइँल्या औँठो थाप्पिन्या । हमछि आफ्नो उचाइहेरि बन्नासी लाउन्या । उतापाइ सिगाउन्या, यतापाइ बाँरीचुरी खाल्न्या ।

माज होला र अरु के हुनो र ! सिम्रोत्तोउ पच्चीस लाखउ कान्डो पनि काटीकुटी ठ्याक्र्याक्कै तेइखो अम्श ता होला नि ।’

मेरो सिलुग यत्ति हो । बुजक्कीले बुज्या भो, नबुज्या भो । उतापाइकाले खान्त्या पिन्त्या, म आइगेत्याँ ।

यतापाइ कोरुनाले को रुने को हाँस्ने बनाउ छ गरै क्यार्दाउ र बलै । भिर्तभिर्तै आगो सल्किसग्याउछ हेर्नोइ । आफैआफ सम्माल्लिकिन घरमै छुपुक्क चोच्किनुहोला है तो । परेइबेला सत्तिने, हातदिने, काँधदिने कोइ ह्रनेछैनन् ह्याँ ।

हुन्च है तो । नाम्रै मान्नुभो भने अर्को नइयाँ सिलुक अर्को हप्ता हाल्ल्वा, सुन्नेभया मेरा घरा ढिगमैरा आइजानु होला गरै । अरु के भनौँ तो नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *