विपी कोइराला युवा नेतृत्व विकास मञ्च रुकुम पश्चिमको अध्यक्षमा डाँगी

रेखदेख संवाददाता ।
जननायक विपी कोइरालाको समाजवादप्रति आस्था राख्ने तरुण विद्यार्थीहरुको नेतृत्व तथा व्यक्तित्व विकासका लागि स्थापना भएको युवाहरुको साझा चौतारीको रुपमा गठन भएको बिपि कोइराला युवा नेतृत्व विकास मञ्चको रुकुम अध्यक्षमा तिलक डाँगीले जिम्बेवारी पाएका छन् ।
वीपीका विचार र लोकतान्त्रिकका समाजवादहरुका विषयहरुलाई छलफल गर्दै युवाहरुलाई जागरुक बनाउँदै आएको र अबका दिनमा अझ युवा माझ विपीका विचारलाई आत्मसाथ गरी अघि बढाउनका लागि मञ्चले रुकुम पश्चिमको अध्यक्षमा तिलक डाँगीलाई मनोनित गरिएको पत्रमा केन्द्रीय अध्यक्ष निलकण्ठ रिजालले प्रदान गरेका छन् ।
अध्यक्षमा मनोनित भएपछि डाँगीले आगामी दिनहरुमा यस संस्थालाई अगाडि बढाउन आफुले सबै प्रयास गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *