रुकुममा एकै दिन १८ जनामा कोरोना संक्रमित

– एक हप्तालाई मुसीकोट बजारमा पुनः निशेधाज्ञा जारी ।
-३ जना सुरक्षाकर्मी सहित एउटै कार्यालयका ९ जनामा संक्रमण देखियो ।
– योसँगै रुकुम पश्चिममा कोरोना संक्रमितको संख्या ५८ जना पुगेको छ । 

रेखदेख संवाददाता
भदौ ७, रुकुम । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगा बजार सोमबारबाट भदौ १४ गते सम्मको लागि सिल हुने भएको छ । बजारमा कोरोना भाइरस संक्रमित फेला परेपछि जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले सिल गर्ने निर्णय गरेको हो ।
भदौ ८ गते बिहान ४ बजेदेखि १४ गते राती १२ बजेसम्म स्वास्थ्य सेवा कार्यालय सल्ले देखि खलंगा बजार हुँदै शितलपोखरी चोकसम्म र पिपलनेटा देखि सेरीगाउँ हुँदै वडा नं.६ को कार्यालयसम्मको चार किल्ला सिल हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सिल गरिएको समयमा पसल ,व्यवसाय ,सार्वजनिक यातायात आदि पुर्ण रुपमा बन्द रहने छन । पास भएका तथा विरामी बोकेका एम्बुलेन्स आदि जस्ता अति आवश्यक सेवाहरु भने संचालन हुन दिने प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिए ।
यस्तै अति आवश्यक सेवाहरु र अति आवश्यक सवारीसाधनहरु पनि संचालन रहने जिल्ला प्रशासनले विज्ञप्ति निकालेर जानकारी दिएको छ । उक्त अवधिमा नियमको उलंघन गरे कानुन बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ । आईतबार रुकुम पश्चिमको सदरमुकाम खंलगामा १५ जना कोरोना संक्रमित पुष्टी भएको जिल्ला अस्पताल रुकुम पश्चिमका कोरोना फोकलप्रशन इश्वर रावलले जानकारी दिएका छन् ।
उनका अनुसार संक्रमित पुष्टी हुनेमा कोष तथा लेखा नियन्त्रण कार्यालयका ९ जना कर्मचारी, ३ जना नेपाल प्रहरी, मुसीकोट नगरपालिकाका २ जना जिल्ला स्वास्थ्य कार्यालयका १ जना गरी १५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । भने सानीभेरी गाउँपालिकाका ३ जनामा पनि कोरोना पुष्टी भएको छ ।
पहिलो पटक सुरक्षा निकाय (नेपाल प्रहरी) मा कोरोना देखा परेपछि व्यारेक भित्रकालाई भित्र र व्यारेक बाहिरका सुरक्षाकर्मीलाई छुट्टा छुट्टै बस्ने, खाने र कामको बाँडफाँट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिएका छन् । योसँगै रुकुम पश्चिममा कोरोना संक्रमितको संख्या ५८ जना पुगेको छ । आज पुष्टी हुनेमा भदौ २ गते र भदौ ४ गते स्वाब संकलन गरी चौरजहारीमा स्वाब परिक्षण गरिएको जिल्ला अस्पताल रुकुम पश्चिमले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *