वृहत साँस्कृतिक सम्मेलन ः हाँडी गाउँको जात्रा !

उपेन्द्रलाल कामी ।

जिल्ला समन्वय समिति रुकुम (पश्चिम) को २०७५ चैत २४ देखि २६ गते सम्म ३ दिने वृहत साँस्कृतिक सम्मेलन गरिएको छ । यसै सन्दर्भमा आयोजक पक्षले कार्यक्रमको उद्देश्य र महत्ववारे सार्वजनिक मञ्चबाट उद्घोषण गदै गर्दा र कार्यक्रमको प्रस्तुतिहरु प्रर्दशन गरिरहँदा विभिन्न पक्षबाट टिका–टिप्पनी र प्रतिक्रियाहरु प्रत्यक्ष रुपमा अभिव्यक्त भइरहेको छन ।

राज्यको ढुकुटीबाट खर्च गरेर भइरहेको यस वृहत साँस्कृतिक सम्मेलनको उपलब्धी के हुने हो ? भन्ने कुरा त कार्यक्रम पछिको परिणामले नै देखाउला तर प्रारम्भीक क्रियाकलाक र आयोजक पक्षको नियमलाई अध्ययन गर्दा केही प्रश्नहरु सचेत नागरिकहरुमा उठिरहेका छन । जसलाई आयोजकले उचित ध्यान दिएर आगामी यात्रा तय गर्दा सकोस् भन्ने शुभकामना सहित यो विचार प्रस्तुत गर्न खोजिएको     छ ।
क) कार्यक्रमको सुरुवाती चरणमा देखा परेका अन्तरविरोधी गतिविधिहरु ः– यतिखेर ने.क.पा.को सरकार र पार्टीबीचको साँस्कृतिक रुपान्तरण सम्बन्धी कुर्ने आधिकारिक धारणहरु आम नागरिकले बुझ्न सक्ने गरि औपचारिक निर्णय गरिएको कैहि कतै पाइदैन । प्रदेश वा जिल्लाको मौलितकता केही प्रभावशाली नेताहरुको अभिरुचीबाट गरिएकै हो भने पनि सकारात्मक रुपमा लिने पर्दछ । तर कार्यक्रमले निदिष्ट गरेको उद्देश्य र आयोजक पक्षको कार्यशैली हेर्दा अन्तरविरोधी खालको देखिन्छ । सामाजिक, साँस्कृतिक रुपान्तरण र मौलिक ,संस्कृति संरक्षण गर्ने विषय सत्तापक्षको पार्टीकको मात्र नभइ सबै राजनैतिक पार्टीको साझा सरोकारको विषय हो । यसमा राख्ने पक्षहरुसंग समन्वय तथा सहकार्य गर्दा स्थानीय तहका जनप्रतिनिधिहरुलाई घाटा हुदँैन अझ उचाइ बढछ । तर अरु राजनैतिक पार्टीहरुको अस्तित्वलाई अस्वीकार गरि एकपक्षीय ढंगले तानाशाही कार्यशैली लागु गर्ने हो भने त्यो निषेधवादी सोचले कालान्तरमा आफैलाई समाप्त पार्ने कुरा निशिचत छ ।

सबैसंग समन्वय गर्ने क्षेत्र अधिकार रहेको जिल्ला समन्वय समितिले समन्वय गर्न कन्ज्यूस्याई गर्ने हो भने त्यो जुन गोरुको सिड छैन उसको नाम तिखे भन्ने उखान चरितार्थ हुने छ । यस अघि जिल्ला समन्वय समितिले थालनी गरेको मदिरा नियन्त्रण सम्बनधी अभियान असफल हुनुको प्रमुख कारण यहि एकपक्षीय ढंगले जसे र अरु राजनैतिक पार्टीहरुको अस्तित्वलाई स्वीकार नर्गुले हो भन्ने कुराको चेत नआनु दुर्भाग्य नै मान्नुपर्छ । सिद्धात र व्यवहार बीचको असंगति नीति र नियति बीचको अन्तरविरोधलाई मिलाउन नसक्ने हो भने रुकुमको ने.क.पा को दुःखद अवसान हुने कुरा निश्चित छ । अन्तत भिरमा लड्ने गोरलाई राम राम भन्न सकिन्छ तर काँध थाप्न सकिदैन ।
ख) साँस्कृतिक स्रंरक्षण र रुपान्तरण कहि पक्ष प्रश्नहरु
१.नेपाल कम्युनिष्ट पार्टी र एमाओवादी पार्टी एकताको विषय स्थानीय तह सम्म टुङ्घो नलाग्दै र पार्टीको औचारिक निर्णय नहुदै एकाध नेताहरुको अभिरुचीबाट मात्रै गरिने कार्यक्रमले समग्र साँस्कृतिक रुपान्तरण्को अभियानलाई दीर्घकालिन रुपमा बढाउने इच्छाशक्ति इमान्दारिता र नैतिक बल कहाँ छ ?

२. जनताको मौलिक साँस्कृतिक अन्तरगत विभिन्न क्षेत्रका कल्प–साँस्कृतिक झाँकीहरु प्रर्दशन गराएर सरकारको वजेट मात्रै सिध्याउने र ठोस नीति तथा कार्यक्रम तय गरि योजनावद्ध कुने अर्थले फरक मान सक्छि ?

३. निषेधात्मक सोच तथा कार्यशैली नत्याग्ने र प्रतिपक्ष राजनीतिक पार्टीहरुसंग असहिष्णु एव पुवाग्राही भइरहने हो भने जनताको असल संस्कृतिक निर्माण, मौलिक संस्कृतिको संरक्षण र रुपान्तरण गर्न सक्छ भन्ने विश्वसनीय आधार के हो ?

४. समाजमा बेरोजगारीको संख्या गुणत्मक हिसाबले वढदै जाने, भष्टाचार हत्या बलात्कार घटनाहरु वढदै गइरहेको परिस्थितमा खर्चिलो मनोरञ्जनात्मक क्रियाकलाकहरुले मात्र देशको सम्वृद्धि र विकास हुन्छ भन्ने के ग्यारेन्टी के छ ?

५. अर्थतन्त्रको जगमा संस्कृति र अर्थतन्त्र तथा संस्कृतिक आधारमा राजनीतिक छानो अडिएको हुन्छ भन्ने कुरा सर्बाविर्दितै छ । अहिलको दलाल पुँजीवादी अर्थतन्त्र, उपभोक्तावादी आयातित संस्कृति र विकृति राजनीतिक प्रणलीमा सुधार ल्याउन सकिदैन, नाँच गाँन र झाँकी प्रर्दशन मात्रै प्रयाप्त हो या अरु केही ठोस नीति तथा कार्यक्रम सहितको योजना चाहिन्छ ?

मुलत ः यि यावत प्रश्नहरुको जवाफ जीवन व्यवहारवाटै दिन सक्ने दृढ इच्छाशक्ति र नैतिक कति छ भन्ने कुराले निर्धारण गर्दछ । जनतामा असल शासनका लागि पहिलो कुरा आत्म अनुशासन नै हो । समाजमा शान्ति, सदभाव र सभ्यताको विकास गर्न एक अर्काको सहअस्तिवलाई स्वीकार गर्ने र हरेक नागरिकहरु स्वाभिमानी बन्ने कुरा नै हो । स्वाभिमानी वन्नका लागि सर्वप्रथम स्वविबेकी वन्नु पर्दछ भने स्वावलम्बी वन्दै स्वतन्त्र हुने सहयोगी भावना राख्ने, सहनशिल मात्र नभई समालोचक बन्ने र संधर्षका लागि सहासी भइ अघि बढने स्वाभिमानी आयामहरुलाई हरेकले आपनो जीवन व्यवहारमा लागु गर्ने अभियानको थालनी सर्वप्रथम आफैबाट गर्न जरुरी छ । महात्मा गान्धीले स्वतन्त्र भारत निर्माणको अभियानमा आपानो साधा जीवन र उच्च विचारको संस्कृति निर्माण क्रममा बाहय प्रचारात्मक कार्यलाई नदिइ आफ्नै सादगी जीवनशैली अवलम्बन गरेका थिए । My Life is Massage   अर्थात मेरो आफ्नो जीवन नै सन्देश हो । के सामाजिक –साँकृतिक रुपान्तरणका हाम्रा अगुवा नेताहरुले सोच र जीवन शैली परिवर्तन गरेर जनतामा समारात्क सन्देश दिन सक्लान ? यो मेरो स्वाभिमानको पक्ष प्रश्न । अन्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *