‘समृद्धिका लागि सोच र संस्कार बदलौं’
रेखदेख संवाददाता
रुकुम ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर सोच र संस्कारको परिवर्तन विना समृद्धि सम्भव नरहेको बताएका छन् । रुकुम पश्चिमको मुसिकोटमा जिल्ला समन्वय समिति रुकुम पश्चिमले आयोजना गरेको कर्णाली प्रदेश स्तरीय बृहत साँस्कृतिक सम्मेलनमा बोल्दै शाहीले साँस्कृतिक क्रान्तिबाट नै समाजवादी व्यवस्था आउने धारणा राखेका छन् ।
देशको आमूल परिवर्तनका लागि अब साँस्कृतिक, भाषिक र जातीय पहिचानलाई समेत बचाई राख्न साँस्कृतिक क्रान्ति आवश्यक रहेको उनको भनाई छ । कर्णालीका जनताले स्थायी शान्ति र सुशासन चाहेका छन्, त्यसको लागि परिवर्तन सहितको विकास र समृद्धि आवश्यक रहेको बताए ।
पछिल्लो समय लोप हुने अवस्थामा रहेको कला संस्कृतिलाई जर्गेना गर्नु पर्ने धारणा समेत उनको छ । उनले भने, कर्णाली प्रदेश भाषा, कला र संस्कतिको धनी भएकोले यी साँस्कृतिक पहिचानलाई बचाउन रुकुम पश्मिबाट सुरुवात भएको बताए । तीन दिनसम्म सञ्चालन हुने साँस्कृतिक सम्मेलनमा कर्णाली प्रदेशका १० जिल्ला र प्रदेश नं ५ को रुकुम पुर्वबाट गरी ११ जिल्लाको साँस्कृतिक सास्कृति सम्मेलन हुनेछ ।

