‘सरकारका गफै ठुला ’ !

रेखदेख संवाददाता
रुकुम मुसीकोट ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य, कर्णाली प्रदेश संसदीय दलका नेता तथा पूर्व पर्यटन मन्त्री जीवनबहादुर शाहीले सरकारको गफै ठुला भएको आरोप लगाएका छन् । शुक्रवार रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा आयोजित नेपाली कांग्रेसको सरकारको गतिविधीको विरोध कार्यक्रममा बोल्दै यस्तो धारणा राखेका हुन् ।

जनतालाई शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, यातायातको सहज पहँुच हुन नसकेको बेला रेल र पानी जहाज गफ सान्दर्भिक नभएको बताए । उनले भने, रेल र पानी जहाजको विरोध गरेको होइन्, तर अहिले प्राथमिकता रेल र पानी जहाज नभएको स्पष्ट पारे । प्रतिपक्ष कमजोर रहेको भन्दै चौतर्फी विरोध भएका बेला नेता शाहीले सदनमा कुर्सी भाच्नु, सडकमा टायर बाल्नु कांग्रेसको नीति नभएको भन्दै कांग्रेसले रचनात्मक ढंगले प्रतिपक्षको भुमीका खेलेको बताए ।
वर्तमान सरकारले दुई तिहाईको दम्ब देखाएको तर जनतालाई अनुभूत हुने गरी भने केही गर्न नसकेको उनको भनाई छ । स्थानीय सरकारको विरोध कार्यक्रममा रुकुम पुगेका शाहीले पहिला सुध्रिन कांग्रेस जनप्रतिनिधीलाई आग्रह गरेका छन् । उनले भने, ‘कांग्रेसले जितेको वडा र गाउँपालिकामा नमूना योग्य काम सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *