रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना

रेखदेख संवाददाता
असोज १८, रुकुम
रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) १५ औं महाधिबेशनको लागि कार्यालय खुलेको छ । आईतबार रुकुम पश्चिमको सदरमुकाम खंलगामा नेपाली काँग्रेसको १५ औं महाधिबेशनका लागि कार्यालय स्थापना भएको हो ।

रुकुम पश्चिममा कार्यालय स्थापना भएसंगै आफ्ना गतिविधी सञ्चालन गर्ने नेपाली कांग्रेस १५ औं महाधिबेशनका केन्द्रीय प्रतिनिधी यामबहादुर केसीले रेखदेखलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, नेपाली कांग्रेसका १५ औं महाधिबेशनका गतिविधीहरु सञ्चालन भईरहेको छ ।

जस अनुसार असोज १५ गतेदेखी वडा अधिबेशन, असोज २० गतेसम्म पालिका अधिबेशन र असोज २३ गते प्रदेश सभा क्षेत्रीय अधिबेशन हुनेछ । भने कार्तिक १५ गते जिल्ला अधिबेशन हुने कार्यतालिका रहेको छ । त्यस्तै ७ वटा प्रदेशमा मंसिर ४ गते हुने र केन्द्रीय अधिबेशन २१, २२ र २३ हुने जनाएको छ ।

नेपाली कांग्रेस (चुनदेवी) को १५ औं महाधिबेशनको लागि केन्द्रीय प्रतिनिधी यामबहादुर केसी केन्द्रीय सह-प्रतिनिधिमा नन्दबहादुर बिष्ट र जिल्ला संयोजक रुपमा यज्ञबहादुर बिष्ट रहनुभएको छ ।

विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको काँग्रेसले आजबाट काठमाडौँमा १५ औँ नियमित महाधिवेशन सुरु गरेको छ । तर विशेष महाधिवेशनलाई अवैधानिक भन्दै पूर्व सभापति शेरबहादुर देउवा समूहले भने छुट्टै महाधिवेशनको तयारी सुरु गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *