नेपाल रेडक्रश सोसाईटी रुकुम शाखाको नयाँ कार्यसमिति
रेखदेख संवाददाता
चैत २४, रुकुम ।
नेपाल रेडक्रश सोसाईटी जिल्ला शाखा रुकुमको १५ औं अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा रुकुमको नयाँ कार्यसमिति रमा गौतम सभापतित्वमा १३ सदस्य नयाँ कार्य समिति चयन भएको हो ।
जसमा उप सभापतिमा अमरसिङ खड्का, महिला उपसभापतिमा दिपा डाँगी खड्का, मन्त्री पदमा टेकबहादुर खड्का र कोषाध्यक्षमा यज्ञबहादुर केसी र्निविराध चयन भएका हुन् ।
त्यस्तै उपमन्त्री पदमा गणेशमान डाँगी, र उप कोषाध्यक्षमा भुपेन्द्रकुमार ओली चयन भएको नेपाल रेडक्रश सोसाईटी जिल्ला शाखाले जानकारी दिएको छ ।
नेपाल रेडक्रश रुकुम शाखाको सदस्यहरुमा बसन्त नेपाली, मेवालाल ओली, हरिहर केसी, लोकचन्द्र शाह, पूर्णबहादुर ओली र सुरेन्द्र खत्री र्निविरोध चयन भएको हो ।