‘पहिलो मुद्दा गोपाल जीलाई लागोस्’ !
रेखदेख संवाददाता
चैत २३, रुकुम । नेपाली कांग्रेसका महासमिति सदस्य तथा पूर्व राज्य मन्त्री गोपाल जी जंग शाहले झुटो मुद्दामा कार्यकर्ता फसाएको भन्दै पहिलो मुद्दा आफूलाई लगाउन चेतावनी दिएका छन् ।
जनतालाई मुद्दा लगाएर दुःख दिनु भन्दा पहिलो मुद्दा मलाई लगाईयोस, त्यसपछि पार्टी सभापति प्रेमप्रकाश ओली, कृष्णबहादुर रोकाय र मानबहादुर नेपालीलाई लागोस् हामी भोग्न तयार छौं । तर जनतालाई झुठा मुद्दामा लगाएर नफसाउन चेतवानी दिएका छन् ।
नेपाली कांग्रेस मुसीकोट नगपालिकाले आयोजना गरेको स्थानीय सरकारको विरोध कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । चुनावमा मत नदिएको आधारमा विभिन्न बाहानामा नेपाली कांग्रेसका कार्यकर्तालाई दुःख दिएको आरोप उनले लगाए ।
स्थानीय सरकार जनताको भावना विपरित काम गरेकाे भन्दै उनले चर्को विरोध गरे । उनले भने, ‘सरकार विकास निर्माणको नाममा अनियमितता गरेको भन्दै जनताको करबाट उठाएको रकम हिनामिन नगर्न आग्रह गरेका छन् ।’ विरोध कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सभापति प्रेमप्रकाश ओलीले विकासको नाममा सरकारले बजेटको दुरुपयोग गरेको आरोप लगाएका छन् । उनले भने, ‘कर्मचारी, शिक्षक र नगरप्रहरीका साथै विकास निर्माणमा समेत कार्यकर्ता पोस्ने काम गरेको त्यसो नगर्न स्थानीय सरकारलाई आग्रह गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेसका नेता तथा महासमिति सदस्य कृष्णबहादुर रोकायले सरकारलाई नीनि विधी र विधान बमोजिम चल्न आग्रह गरेका छन् । यदि सरकार नसच्चिए कानूनी र सबैधानिक बाटो खोज्न बाध्य हुने र त्यसको मुल्य चर्को पर्ने धारणा राखेका छन् । कार्यक्रममा नेपाली कांग्रेसका नेता तिलक भण्डारी, नेपाली कांग्रेस रुकुमका उपसभापति भिमबहादुर डाँगी, सचिव गोरखबहादुर खत्री, कोषाध्यक्ष मोहबीर खड्का लगायतका भातृ संस्था तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधीको आथित्यता रहेको थियो । कार्यक्रम नेपाली कांग्रेस मुसीकोट नगरपालिका सभापति महेन्द्र केसीको अध्यक्षता र नेपाली कांग्रेसका युवा नेता परमेश्वर भण्डारीको सञ्चालन रहेको थियो ।

