परिक्षाको समिक्षा र भर्ना अभियानकाे तयारीका लागि प्रधानाध्यपक भेला
गोपालसिँह खड्का
चैत २३,रुकुम ।
बार्षिक परिक्षाको समिक्षा गर्न चौरजहारी नगरपालिकामा समिक्षा गरिएको छ । रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका क्षेत्र भित्रका विद्यालयका प्रधानाध्यकपहरुको भेला गरिएको हो ।
बार्षिक परीक्षाको समीक्षा, आगामी शैक्षिक सत्रको कार्यक्रमको योजना निर्माण, २०७६सालको शैक्षिक क्यालेन्डर निर्माण, लेखा व्यवस्थापन तथा २०७६को विद्यार्थी भर्ना अभियानको तयारीको लागि प्रधानाध्यापकहरुको भेला गरिएको हो ।
हाम्रो नगर, हाम्रो गाउँ, सबैँ बालबालिकाहरुलाई विद्यालय पुय्राउ भन्ने मुल नारा सहित सबै विद्यालयले भर्ना अभियान सञ्चालन गर्न जनप्रतिनिधि शिक्षक विद्यार्थी कर्मचारीहरुको टोली खटिने निर्णय प्रधानाध्यपकहरुको भेलाले गरेको छ ।
यसका साथै नगरको शैक्षिक बुलेटिन प्रकाशन गर्न, पाठ्यपुस्तक तथा स्टेशनरी वितरण लगाएत नगर भरिबाट उत्कृष्ट कार्य गर्नुहुने शिक्षक विद्यार्थी कर्मचारी लगाएतलाई पुरस्कृत समेत गरिने जनाएको छ । प्रअहरुको भेलामा बोल्दै नगर प्रमुख विशाल शर्माले भने, मस्तिष्क निर्माणमा शिक्षकहरु लागेको र यसले समाज सुधार गर्न सबैलाई सोचाईमा परिवर्तन, प्रविधि मैत्री र सिर्जनशिलता रहन जरुरी छ ।
विद्यालयमा सफा सुग्घर हुने ठाँउमा मध्यपान जुवा तास भैरहेको छ, त्यसको निगरानी तथा प्रतिबन्ध गर्न सबै आ आफ्नो ठाँउबाट विद्यालय वरपर ५०० मिटर भन्दा टाढा मदिरा सुर्तीजन्य पदार्थ हटाउन सबै लाग्न अनुरोध समेत गरे । चौरजहारी नगरपालिकाका विद्यार्थीहरुलाई पाठ्यपुस्तक सँगै कापी स्टेशनरी सामग्री कक्षा १ देखि ५ सम्म नगरले वितरण गर्न लागेको नगरप्रमुख शर्माले बताए ।
भेलामा शिक्षक संघ संगठनहरुले नगरपालिका तथा नगर शिक्षा शाखामा ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । नगरपालिकाले प्रविधि मैत्री शिक्षण गर्न लागेको शिक्षक व्यवस्थापन लगाएतका राम्रो काम गरेकोमा धन्यवाद र आगामि दिनहरुमा अगाडि बढ्न समेत सुझाव सहितको ध्यानाकर्षण पत्र बुझाएको मा. वि. साक्चाखोलाका शिक्षक दिलाराम शर्माले जानकारी दिएका छन् । भेलामा चौरजहारी नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यपक शिक्षकहरु बार्षिक परीक्षामा खटिएका सुपरिवेक्षक, अनुगमनकर्ता गरि झण्डै १३० जनाको सहभागीता रहेको थियो।
शितल मा वि चौरजहारीका प्रअ गणेशप्रसाद रिजालको अध्यक्षयतामा भएको भेलामा प्रमुख अतिथि चौरजहारी नगरपालिका प्रमुख विशाल शर्मा विशेष अतिथि चौरजहारी नगरपालिका उपप्रमुख राधा रोका चौरजहारी नगरपालिका १३ नं.वडाध्यक्ष एवं नगर शिक्षा समिति सदस्य टंकप्रसाद ओली चौरजहारी नगरपालिका प्रशासकीय प्रमुख ताराबहादुर कँवर चौरजहारी शिक्षक महासंघ अध्यक्ष भीमबहादुर ओली जहारी क्याम्पस खोलागाँउका सहायक क्याम्पस प्रमुख लालबहादुर ओली नगर शिक्षा समिति सदस्य कर्णबहादुर घर्ती छिमेकी जिल्ला जाजरकोटमा कार्यरत शिक्षक शेरबहादुर केसी लगाएतको उपस्थिति रहेको भेलामा सहजीकरण नगर शिक्षा शाखा प्रमुख धन्नजय आचार्यले गरेका थिए ।

