रुकुम (पश्चिम) काे कारगारमा पुस्तकालय
रेखदेख संवाददाता
रुकुम पश्चिमको कारगारमा पुस्तकालय स्थापना भएको छ । शनिवार एक कार्यक्रमको आयोजना गरी पुस्तकालयको उद्घाटन गरिएको हो । कैदीबन्दीलाई अध्ययनमा सरिक बनाउने उद्देश्यल रुकुम पश्चिम लगायतका कर्णााली प्रदेशका १० जिल्लाका कारगारमा पुस्तकालय स्थापना गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख सुमित खड्काको अध्यक्षतामा भएको पुस्तकालय उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा बरिष्ठ लेखक तथा साहित्यकार राजेन्द्र पराजुली र निबन्धकार कुमारी लामाको समेत आतिथ्यता रहेको थियो ।
कार्यक्रममा कुसीकोट नगरपालिकाका उपप्रमुख प्रेमकुमारी सुनार केसी, मुसीकोट नगरपालिका वडा नं. १ का वडाध्यक्ष बीरबल केसी सामुदायी प्रहरी केन्द्रका अध्यक्ष महेन्द्र केसी, जिल्ला समन्वय समितिका सदस्य धनबीर ओली लगायत पत्रकारको समेत उपस्थित रहेको थियो । कार्यक्रममा साहित्यकार द्धय पराजुली र लामा बीच रुकुम पश्चिमका कैदीवन्दीहरुले साक्षत्कार समेत गरेका थिए ।

