मुसीकोटमा कांग्रेसका अगुवा कार्यकर्ताको भेला

रेखदेख संवाददाता
चैत ११ रुकुम । नेपाली कांग्रेस मुसीकोट नगरपालिकाले अगुवा कार्यकर्ता भेला गरेको छ । आईतबार मुसीकोट स्थित खंलगा बहुमुसी क्यापसको हलमा मुसीकोट नगरपालिका १४ वटै वडाका अगुवा कार्यकर्ताहरुको भेला भएको हो । कार्यक्रममा प्रत्येक वडा प्रतिनिधीहरुले हरेक वडामा कांग्रेस अवस्थाको बारेमा जानकारी गराएको नेपाली कांग्रेस मुसीकोट नगर सभापति महेन्द्र केसीले जानकारी दिएका छन् । उनले भने, ‘हरेक वडामा नेपाली कांग्रेस र भातृ संगठनको विस्तार गर्ने कार्यक्रम अन्र्तगत हरेक वडामा पार्टी अहिलेको अवस्थाको छलफल गरिएको हो ।’

कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य तथा पूर्व राज्यमन्त्री गोपाल जीजंग शाहको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा बोल्दै पूर्व राज्यमन्त्री गोपाल जी जंग शाहले हरेक वडामा पार्टीका साथै भातृ संगठनहरु विस्तार गरी अघि वढ्न सुझाव दिए । स्थानीय सरकारले गरेका गतिविधीको बारेमा सुक्ष्म तरिकाले अध्ययन गर्न कार्यकर्तालाई पूर्व राज्यमन्त्री आग्रह गरे ।’ नेपाली कांग्रेस रुकुमले रुकुम पश्चिमका ७३ वटै वडामा संगन विस्तारको काम अगाडि वढाउने जनाएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस रुकुमका पूर्व पार्टी उपसभापति तथा बरिष्ठ अधिबक्ता डा. नवराज गौतम, पार्टी सचिव गोरखबहादुर खत्री, कोषाध्यक्ष मोहबीर खड्का, नेपाल दलित संघका केन्द्रिय सदस्य यज्ञबहादुर परियार, नेपाल राष्ट्रिय मगर संघका सभापति टेकबहादुर पुन, महिला संघ रुकुमकी सचिव वालकुमारी गीरीलगायत मुसीकोट नगरपालिकाका वडाध्यक्ष, वडाका पार्टीका कार्यकर्ताहरु लगायतको आथित्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *