चितुवाको छाला सहित एक जना पक्राउ

रेखदेख स‌वाददाता
चैत ११ रुकुम । चितुवाको छाला सहित एक जना पक्राउ परेका छन् । रुकुम (पश्चिम) प्रहरीले एक जनालाई चितुवाको छाला सहित पक्राउ गरेको हो । जिल्लाको मुसिकोट नगरपालिका १ कैलदेउका ४७ वर्षीय भुमे सार्कीलाई चितुवाको छाला सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

उनको घरमा चितुवाको छाला लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले घर खानतलास गर्दा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिएका छन् । शनिबार राती करिब ९ बजेतिर प्रहरीले सार्कीको घरमा छापा मारेको थियो । उनको घरको माथिल्लो तलामा लुकाई छिपाई राखेको अवस्थामा उक्त छाला फेला परेको डिएसपी खड्काले बताए ।
पक्राउ परेका सार्कीलाई आईतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । पक्राउ परेका सार्कीलाई डिभिजन वन कार्यालयमा बुझाउने तयारी भइरहेको छ । अहिले उनलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गरि रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *