वन्दुकको छायाँमा परेको जनविकास पुस्तकालय

पुस्तकालय संस्कृत भाषाको पुस्तक र आलय दुई शव्द मिलेर बनेको हो । जसको अर्थ पुस्तकहरु राखिएको घर भन्ने हुन्छ । हाल, पुस्तकालय भौतिक र virtual रुममा स्थापना र सञ्चालन भएको पाइन्छ ।

रुकुमको सवैभन्दा पुरानो जनविकास पुस्तकालय अहिले निष्क्रीय अवस्थामा रहेको छ । विसं २०२७ सालमा त्रिभुवन जनता माध्यमिक विद्यालयका शिक्षक श्रीकृष्ण शर्माको अगुवाईमा सोही विद्यालयमा यो पुस्तकालय स्थापना भएको थियो । निरंकुश पञ्चायती व्यवस्थाका विरुद्धमा राजनैतिक जागरण पैदा र जनतालाई चेतना प्रदान गर्नका लागि स्थापना भएको यो पुस्तकालयले रुकुममा अहम भुमिका खेलेको पाईन्छ । विद्यालयहरु अत्यन्तै कम मात्रामा भएका वेला विशेषगरी सदरमुकाम आसपासको क्षेत्रमा ज्ञानगुणका कुरा गर्न र चेतना फैलाउनमा यस पुस्तकालयले महत्वपूर्ण योगदान दिएको थियो । यस पुस्तकालयका माध्यमवाट शिक्षकहरुमा राजनैतिक छलफल गर्न र सामाजिक परिवर्तनका पक्षमा वहस गर्न पनि सहज भएको थियो ।
आफ्नो राजा आफ्नै देश,आफ्नो भाषा आाफ्नै भेष, प्राण भन्दा प्यारो छ भन्ने नारा लाउने पञ्चायतको शासनकालीन समयमा नयाँ राजनैतिक व्यवस्थाका वारेमा वोल्नु निकै मुर्खतापूर्ण र साहसिक कार्य मानिन्थ्यो । त्यस्तो डरलाग्दो अवस्थामा साँकेतिक रुपमा भए पनि सामाजिक जागरणको पक्षमा जग वसाल्नु भनेको आफैमा एक महत्वपूर्ण र ऐतिहासिक थालनी हो । समाज रुपान्तरण गर्ने र जनताका छोराछोरीलाई अक्षर चिनाउने कार्यमा सहभागी हुनु चानचुने विषय थिएन । यस्तो दुरगामी महत्वको विषयलाई थालनी गर्ने ती अभियन्ताहरुलाई समाजले सदा स्मरण गरिरहनु पर्ने हुन्छ ।
ऐतिहासिक चर्चा ः
पुस्तकालय संस्कृत भाषाको पुस्तक र आलय दुई शव्द मिलेर बनेको हो । जसको अर्थ पुस्तकहरु राखिएको घर भन्ने हुन्छ । हाल, पुस्तकालय भौतिक र virtual रुममा स्थापना र सञ्चालन भएको पाइन्छ । भौतिक पुस्तकालय पुस्तकहरु, पत्रपत्रिका आदि भौतिक शैक्षिक श्रोत सामाग्रीहरु सहित सञ्चालन भएका हुन्छन् भने virtual रुपमा स्थापना भएका पुस्तकालयहरुले विद्युतीय माध्यमबाट आफ्ना प्रयोगकर्ताहरुलाई शैक्षिक श्रोतहरु उपलब्ध गराउँछन् ।
नेपालमा पुस्तकालयको सुरुवात करिब १४५ वर्ष पहिले तत्कालिन राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा भएकोे मनिन्छ । पृथ्वीनारायण शाहले नेपाल एकिकरणको बखतमा हराइएका राज्यहरुका महत्वपूर्ण दस्तावेजहरुलाई संकलन गरेर आफ्नो दरवारमा राख्ने गर्दथे । पछि उनका नाति गीर्वाणयुद्धले लालमोर मार्फत ती दस्तावेजहरुको संरक्षण गरे । १०४ वषर््ीाय (सन् १८४६देखि १९५०) राणा शासनले जनतालाई शिक्षाबाट बञ्चित गरायो । नेपाल भित्र स्थापना भएको पहिलो कलेज त्रिचन्द्र’ हो । जसको स्थापना सन् १९१८ मा भएको थियो । यसको मूख्य उद्देश्य भनेको उनीहरुको सन्तानहरुलाई अंग्रेजी शिक्षा दिनु थियो । त्यस वखत सम्म केही विद्यालयहरु स्थापना भए पनि विश्वविद्यालय शिक्षाको प्रणाली÷पद्धतिको विकास भई सकेको थिएन् । सन् १९३० मा महाकवि लक्ष्मीप्रसाद देवकोटा सहितको युवा समूहले पुस्तकालय (सरस्वती सार्वजनिक पुस्तकालय) स्थापनाको अनुमति मागेर सरकारमा निवेदन हाले तर राणा शासकहरुले उनीहरुलाई कारबाही गरियो । केहीलाई रु.१०० जरिवाना गराई छाडियो भने बाँकीलाई लामो समयको लागि जेल हालियो । सन् १९५०मा राणा शासनको पतन संगै बहुदलीय व्यवस्था आयो । जसले शिक्षाको क्षेत्रमा नयाँ लहर ल्यायो र विभिन्न स्थानमा पुस्तकालयहरुको स्थपना हुन थाल्यो । सन् १९५० देखि १९६०को बीचमा विभिन्न स्थानमा सार्वजनिक पुस्तकालयहरु स्थापना भए । सन् १९६० मा निरंकुश राजतन्त्रको सुरुवातसँगै सामुदायिक पुस्तकालयहरुलाई निरुत्साहित गरियो । सन् १९९० मा निरंकुश राजतन्त्रको अन्यसँगै पुनः सामुदायिक पुस्तकालयहरुले गति लिन थाल्यो । पुनः सञ्चालन र स्थापनाको लागि आवश्यक सहयोगको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुमा प्रस्ताव आउन थाल्यो । रुम टु रिड र रिड नेपालको पछिलो तथ्यांक अनुसार हाल सम्म रुम टु रिडले नेपालका विभिन्न क्षेत्रमा ३,६५४ पुस्तकालयहरु स्थापना र १,०२२ वटा विद्यालयहरु निर्माण गरि सकेको जनाएको छ भने रिडले ५४ वटा सामुदायिक पुस्ताकलयहरु स्थापना गरिसकेको जनाएको छ ।
पुस्तकालयको महत्वः
पुस्तकालयलाई विद्याको सागरको रुपमा लिइन्छ । जसलाई जति व्यवस्थित रुपमा प्रयोग गर्न सकियो त्यति नै विद्या आर्जन गर्न मद्दत गर्दछ । पुस्तकालयको महत्वलाई निम्नासुर चर्चा गर्न सकिन्छ ः
१. ज्ञान भण्डार तथा प्रयोगशाला ः पुस्तकाललाई हामी शैक्षिक अध्ययनको प्रयोगशालाको रुपमा लिन सक्छौं । जहाँ उपलब्ध हुने भौतिक तथा खष्चतगब िपुस्तक, पत्र-पत्रिका, श्रव्य-दृश्य आदि सूचनाका आदि ज्ञानको भण्डार मार्फत आफ्नो ज्ञान र सीपको क्षेत्रलाई बढाउन तथा खोज अनुसन्धान गर्न सकिन्छ । साथै, आफ्नो ज्ञान, धारणा, दृष्टिकोणको परीक्षण र त्यसलाई परिमार्जन गर्ने उचित थलोको रुपमा पनि यसलाई प्रयोग गर्न सकिने भएकोले ज्ञान आर्जनको प्रयोगशालाको रुपमा यसको महत्व रहेको छ । पुस्तकायमा विभिन्न विधाका पुस्तक, सूचना आदिको संकलन र व्यवस्थापन हुने भएकोले यो ज्ञानको भण्डार हो । जहाँबटा आफ्नो रुचि र आवश्यकता अनुसार जति पनि ज्ञान र शीप आर्जन गर्न सकिने भएकाले यसको महत्व छ । शोधकर्ता, खोजकर्ताको लागि पुस्तकालय उक्त विकल्प हो । जहाँ उपलव्ध हुने पुस्तक भण्डार, इन्टरनेट तथा virtual पुस्तकालको माध्यम ले आफ्नो शोध र खोजलाई पूर्णता दिन सक्दछन ।
२. कम व्यय भार ः सबै विद्यार्थी तथा प्रयोगकर्ताहरुसँग पुस्तक तथा पत्रपत्रिकामा लगानी गर्ने आर्थिक श्रोत सिमित हुन्छ । जस्तै, सबै पत्रपत्रिकाको ग्राहक बन्न गाह्रो हुन्छ तर पुस्तकालयमा जाने हो भने ती सबै पत्र-पत्रिकाहरु निशुल्क पढ्न पाइन्छ । त्यस्तै सबै पुस्तकहरु खरिद गरि अध्ययन गर्न पनि गाह्रो हुन्छ, जसले व्यय भार बढाउछ । यस्तो अवस्थामा पुस्तकालयको प्रयोग गर्ने हो भने, न्युन खर्चमा आफ्नो रुचि र आवश्यकता अनुसारका पुस्तक, पत्रपत्रिका, लेख रचना आदि हेर्न अध्ययन गर्न सकिन्छ । साथै, शोध तथा खोज कर्ताहरुलाई सन्दर्भ सामाग्री, पुस्तक, लेख रचना आदि प्राप्त गर्ने सजिलो र सरल माध्यमको रुपमा पुस्तकालयलाई लिन सकिन्छ । सबै सन्दर्भ सामाग्री आफै किन्न र व्यवस्था गर्ने हो भने ठूलो धनराशी खर्च हुन्छ । पुस्तकालयले उनीहरुको व्यय भार कम गर्न मद्दत गर्दछ ।
३. व्यवस्थापन र वातावरण ः पुस्तकालयहरुमा ऐतिहासिक, समय सान्दर्भिक पुस्तक, पत्र(पत्रिकाहरुलाई वैज्ञानिक पद्धति अनुसार उचित व्यवस्थापन गरिएको हुन्छ । जसले गर्दा प्रयोग गर्न सरल र सजिलो हुन्छ । त्यसका साथै पुस्तकालय भित्रको वातावरण पनि सफा र शान्त हुने भएकोले एकाग्र भएर अध्ययन र खोज गर्न सकिन्छ । यस कारण पनि पुस्तकालयको महत्व छ । पुस्तकालयमा उपलब्ध हुने पुस्तक, इन्टनेट सुविधा, शान्त वातावरण आदिले मनोरञ्जन लिने र विश्राम गर्ने अवसर प्रदान गर्दछ ।
४.सामाजिक÷सांस्कृतिक वातावरण ः पुस्तकालयको प्रयोगकर्ता विभिन्न उमेर समूह, समुदाय, धर्म आदिबाट आएका हुन्छन् । साथै पुस्तकालय सार्वजनिक हुने भएकोले एकै समयमा धेरैले सहभागिता जनाउन सक्ने हुन्नाले एक आपसमा अन्तर सम्बन्ध विकास गर्न र सामाजिक वातावरण तयार गर्न मद्दत पुग्दछ । त्यस्तै विभिन्न जाति, समुदाय र धर्मका मानिसहरु बीच अन्तरसम्बन्ध विकास भई संस्कृतिक आदान(प्रदान हुन्छ । जसले गर्दा पुस्तकालयमा सामाजिक तथा संस्कृतिक वातावरण निर्माण हुन्छ । यसबाट पुस्तकमा लेखिएका वा नलेखिएका विभिन्न विषयहरुको अनुभव र अनुभूतिका आधारमा ज्ञान आर्जन गर्न सकिन्छ ।
५. समयको सदुपयोग ः बालबालिक, युवा, बयस्क, वृद्धवृद्धाआदिले आफ्नो फुर्सदको समयको उचित सदुपयोग गर्ने स्थल र माध्यमको रुपमा पुस्तकालयलाई प्रयोग गर्न सक्दछन् । जसले नयाँ नयाँ कुरा सिक्न र आफूले सिकेका कुराहरु अरुलाई सिकाउन वा बाड्ने वातावरण निर्माण गर्दछ । विद्यार्थी, शिक्षक, शोध तथा खोजकर्तालाई एकै स्थानमा विभिन्न विषय र विधाका पुस्तक तथा सन्दर्भ सामाग्रीहरु पुस्तकालयले उपलव्ध गराउने भएकोले उनीहरुको समयको पनि बचत हुनेछ । त्यस्र्थ, पुस्तकालयलाई समय सदुपयोग गर्ने उचित स्थानको रुपमा लिन सकिन्छ ।
६. कम्प्युटर तथा विद्युतिय सामाग्रीको उपलव्धता ः पुस्तकालयमा प्राप्त हुने कम्प्युटर तथा अन्य विद्युतिय सामाग्रीहरुका कारण कम समयमा नै बढि भन्दा बढि सेवा सरल तरिकाले प्राप्त गर्न सकिने भएकाले पुस्तकालयको महत्व अझ बढेको पाइन्छ । एकै स्थानबाट विश्वलाई नियाल्न र विश्वव्यापी बहस र सन्दर्भको बारेमा जान्न सकिने भएकोले पनि पुस्तकालय बहुउपयोगी बन्दै गई रहेको छ ।
पुस्तकालयको उपयोग ः
पुस्तकालय एक बहुउपयोगी ज्ञान केन्द्र वा भण्डार भए पनि यसलाई मुख्य रुपमा निम्नानुसार उपयोग गर्न सकिन्छः
१. पुस्तकालयमा उपलब्ध हुने पुस्तक, कम्प्युटर तथा अन्य विद्युतीय श्रोत मार्फत आध्नीक सूचनाप्रविधिको क्षेत्रमा आफ्नो पहुँच ज्ञानको क्षेत्र बढाउन सकिन्छ,
२. पुस्तकालयमा उपलब्ध विभिन्न पुस्तक, पत्र(पत्रिकाहरु, श्रव्य-दृश्य आदि श्रोत सामाग्रीको अध्ययन अवलोकन गरी आफ्नो रुची अनुसारको ज्ञान÷सीपको परिधिलाई बढाउन सकिन्छ,
३. पुस्तकालमा उपलब्ध श्रोत र सामाग्रीहरुको प्रयोग विद्यालय÷कलेजबाहेकको फुर्सदको समयको सदुपयोग गर्न सकिन्छ,
४. पुस्तकालयमा उपलब्ध साधन र श्रोतको माध्यमबाट आफ्नोे कला, सीप र क्षमता अभिबृद्धि गर्न सकिन्छ,
५. पुस्तकालयलाई साथीहरु भेट्ने र अध्ययन गर्ने स्थलको रुपमा प्रयोग गर्न सकिन्छ,
६. विभिन्न समयमा पुस्तकालयका प्रयोगकर्ताहरुबीच आफूले अध्ययन गरेको पुस्तक, लेख रचना आदिको बारेमा छलफल गर्ने थलोको रुपमा पनि पुस्तकालयलाई प्रयोग गर्न सकिन्छ,
७. ऐतिहासिक पुस्तक, लेख(रचना आदिको अभिलेख र संरक्षणका लागि पनि पुस्तकालयको उपयोग गर्न सकिन्छ,
८.परीक्षा तयारीको लागि पनि पुस्तकालयलाई उपयोग गर्न सकिन्छ ।
निष्कर्ष ः
पुस्तकालयको इतिहास र वर्तमानमा परिवर्तन आएको छ । सूचना प्रविधिसँगै पुस्तक र पुस्तकालय अस्तित्व हराउने चर्चा चलिरहेको अवस्थामा पनि विभिन्न स्थानहरुमा (शैक्षिक तथा सामुदायिक स्तरमा) पुस्तकालय स्थापन र सञ्चालन भई रहेका छन् । हाल पुस्तकालयलाई पूर्ण भौतिक रुपमा मात्र सञ्चालन नगरेर समय सपेक्ष रुपमा सूचना प्रविधिलाई पनि प्रयोग गरी भौतिक र खष्चतगब ि रुपमा प्रयोग योग्य बनाउन जरुरी छ । पुस्तकालयलाई खोज, अध्ययन र श्रोतको रुपमा बहुउपयोग गर्न सकिन्छ । यसको उपयोगिताको व्यख्या गरेर कहिले सकिन्न । तसर्थ, आफ्नो समुदायमा रहेको जनविकास पुस्तकालयको सदुपयोग गरौं । यस्को संरक्षण र विकासका लागि हातेमाले गरौं । जसले सदविचार र ज्ञान आर्जन गर्न सबै मद्दत गर्दछ ।
इतिहासमा सिमित रहेको यस पुस्तकालयको पहिलो साधारण सभा बसी पुस्तकालय सञ्चालक समितिको पहिलो अधिवेशन २०५१ असार ११ गते सम्पन्न भएको थियो । जसवाट पुस्तकालयका संस्थापक श्रीकृण शर्माको अध्यक्षतामा सचिव प्रेमराज गिरी,कोषाध्क्ष भरतकुमार शर्मा र सदस्यहरु कृष्ण बहादुर रोकाय,रामचन्द्र शाह,बासुदेव गौतम,केशवराज शर्मा, रामप्रसाद गौतम र विद्या मल्ल निर्वाचित हुनुभएको थियो । देशमा जनयुद्ध शुरु भैसकेको थियो । राज्य र विद्रोहीका बन्दुकहरु कितावहरु भन्दा माथि परेका कारण यो पुस्तकालय पनि चल्न सकेन । भवन नेपाली सेनाले कव्जा गरी सुरक्षा पोस्ट खडा ग¥यो । त्यहाँ भएका केही कितावहरु सामुदायिक सेवा केन्द्रको पुस्तकालयलाई प्रदान गरियो ।
गणतन्त्र स्थापना पश्चात पुस्तकालयको महत्ववोध गरी जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी तथा यस पुस्तकालयका संस्थापक कोषाध्यक्ष भरतकुमार शर्माको अध्यक्षतामा सर्वपक्षीय तथा सर्वदलीय भेलावाट पुस्तकालय पुनःव्यवस्थापन समिति गठन गरियो र अन्य सदस्यहरुमा हाल मुसिकोट नगरपालिकाका मेयर देवीलाल गौतम, कृष्ण बहादुर रोकाय, गिरीप्रसाद वुढा, सुशीलकुमार थापा, जयराम थापा र सदस्य सचिवमा त्रि.ज.मा.वि.का प्राचार्य मीनवहादुर पुनलाई चयन गरियो ।
यस समितिले जिल्ला विकास समितिको आर्थिक सहयोगमा तीन कोठे पक्की भवन निर्माण गरेको छ । हाल मुनपाका मेयर गौतमको नेतृत्वमा तेज वहादुर केसी,ओईली खत्री,सुशीलकुमार थापा,पहलबहादुर खडका,विष्णु ओली, वीरवहादुर नेपाली सदस्य रहेको भवन निर्माण समितिले एक तले भवन र दास्रो तलाको लागि पिलर ठड्याउने कार्य सम्पन्न गरेको छ ।
रुकुमको जेठो पुस्तकालयलाई जीवन्त राख्न र यसको उपयोगिता वढाउनका लागि २०७५ फाल्गुण १८ गते जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रम्ख राजकुमार शर्माको प्रमुख आतिथ्यता,मसिकोट नगरपालिकाका मेयर देवीलाल गौतमको विशेष आतिथ्यता र जिसस अधिकारी माधवप्रसाद शर्माको अध्यक्षतामा पुस्तकालयको साधारण सभा बसी दोस्रो अधिवेशन पनि सम्पन्न गरेको छ । जसको अध्यक्षमा मीन बहादुर पुन,उपाध्यक्षमा नारायणप्रसाद शर्मा,सचिव गिरीप्रसाद वुढा,कोषाध्यक्ष अधिवक्ता रमा गौतम, सहसचिव ओमवहादुर खत्री र सदस्यहरुमा हरिविष्णु ओली,मोहनराज घर्ती,जयराम थापा,सुशीलकुमार थापा र भागीन्त बुढा निर्वाचित हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *