रुकुम पश्चिमका ३१ वडामा अधिबेशन सम्पन्न बाँकीमा आज
रेखदेख संवाददाता
असोज ४ रुकुम । रुकुम (पश्चिम भाग) ६ वटा पालिकाको ७३ वडामध्ये ३१ वडाहरूमा नेपाली काँग्रेस वडा अधिबेशन सम्पन्न भएको छ । नेपाली काँग्रेस १५ औ महाधिबेशन अन्तर्गत असोज ३ र ४ गते वडा अधिबेशन तोकिएकोमा असोज ३ गते अर्थात शनिबार ३१ वडामा निर्वाचन सम्पन्न भएको नेपाली काँग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीले जानकारी दिनुभएको छ । उहाँ अनुसारमा सबै वडामा उत्साहका साथ अधिबेशन भएको र बाँकी वडामा आज सम्पन्न हुनेछ ।
नेपाली काँग्रेस रुकुम पश्चिम भागका मुख्य निर्वाचन अधिकृत किशोर पोडेलका अनुसार रुकुम पश्चिमका सबै वडामा युवाहरू उत्साह पुर्ण सभागिता वडाअधिबेशन भई रहेको छ ।
असोज ३ गते मुसिकोट नगरपालिकाका वडा नं.२,३,४,६,८,१२ र १३ सम्पन्न भएको र बाकी ७ वटा वडामा आज अधिबेशन हुने नगर सभापति प्रेम ओलीले जनाउनु भएको छ । ।
त्यस्तै चौरजहारी नगर सभापति प्रेमबहादुर ओलीका अनुसार चौरजहारी नगरपालिकाका ९ वटा वडामा अधिबेशन सम्पन्न भएको जानकारी दिनुभएको छ । जसमा वडा नं. २,४,५,७,९,१०,११,१२ र १४ सम्पन्न भएको छ । भने आठबिसकोट नगरपालिकामा भने एउटा मात्रै वडामा अधिबेशन सम्पन्न भएको छ । असोज ३ गते आठबिसकोट नगरपालिका वडा नं. ३ मा मात्रै अधिबेशन सम्पन्न भएको र बाँकी वडामा आज सम्पन्न हुने जनाएको छ ।
सानीभेरी गाउँपालिकामा ५ वटा वडाहरूमा अधिबेशन सम्पन्न भएका छन् । जसमा ३,७,८,९ र ११ रहेका छन् । बाँफीकोट गाउँपालिका ७ वटा वडा जसमा २,३,५,६,७ ,८ र ९ रहेका छन् । भने त्रिबेणीका २ वटा वडामा नेपाली काँग्रेसको वडाधिबेशन सम्पन्न भएको जनाएको छ ।
नेपाली काँग्रेस रुकुम पश्चिमका अनुसार आज अर्थात असोज ४ गते सबै ७३ वडामा निर्वाचन सम्पन्न हुने र ७ गते ६ वटा पालिका अधिबेशन हुनेछ । त्यस्तै असोज १० गते प्रदेश क र ख को अधिबेशनका साथै जिल्ला अधिवेशन अन्र्तगत महाधिबेशन प्रतिनिधी छनौट हुनेछ । असोज १६ गते देखी १९ गतेसम्म नेपाली काँग्रेसको १५ औं महाधिवेशन हुने कार्यतालिका रहेको छ ।

