मुसीकाेटमा सेवानिवृत्त राष्ट्रसेवक संघको कार्यालय

रेखदेख स‌वाददाता । मुसीकाेटमा  सेवानिवृत्त राष्ट्रसेवक संघ नेपाल रुकुम पश्चिमको कार्यालय उद्घाटन गरिएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बिरबल केसीले  बिहीबार कार्यालयको उद्घाटन गरेका हुन।

संघको कार्यालय व्यवस्थापनका लागि मुसीकाे६ नगरपालिका वडा नम्बर १ कार्यालयले एक वटा कोठा उपलब्ध गराएको बताईएको छ । २०७१ सालमा  गठन गरिएकाे सेवानिवृत्त राष्ट्रसेवक संघ नेपाल रुकुमकाे अध्यक्ष ओपेन्द्र पाण्डेले रहेकाे जानकारी दिएकाे छ । कार्यालय उद्घाटन कार्यक्रममा वडा अध्यक्ष बिरबल केसी, सदस्य टेकबहादुर बिसी, संघका बरिष्ठ सल्लाहकार मिनबहादुर पुन, संघका कोषाध्यक्ष बिष्णुबहादुर बुढाथोकी लगायतको सहभागिता रहेको थियो ।

संघको पहिले कार्यालय नहुँदा झोला मार्फत संघका गतिबिधी हुदै आएकोमा अव संघको काम कार्यालय मार्फत व्यवस्थित तरिकाले गतिबिधी सन्हुचालन गर्ने कोषाध्यक्ष बुढाथोकीले बताए ।

सेवानिवृत्त राष्ट्रसेवक संघ नेपाल रुकुम पश्चिम कार्यसमिति बिवरण 

अध्यक्ष ः ओपेन्द्र पाण्डे
उपाध्यक्ष ः नारायण प्रसाद शर्मा
सचिव ः प्रियराज शर्मा
कोषाध्यक्ष ः विष्णुबहादुर बुढाथोकी
सदस्य ः वासुदेव शर्मा
नरबहादुर खत्री
गोपाल वुढाथोकी
कृष्णजंग सेन
पहल सिं खड्का
दिव्य गीरी
सल्लाहकारमा
मिनबहादुर पुन
यमप्रसाद देवकोटा
गोरखबहादुर खत्री

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *