तिल्चाखोलाको पुल निर्माण कार्य अन्तिम चरणमा
रेखदेख संवाददाता
भदौ २६ रुकुम पश्चिम ।
बाँफीकोट गाउँपालिका वडा नं. ३ र ४ वालुवाचौरमा निर्माणधिन तिल्चाखोला सडक पुल निर्माण कार्य अन्तिम चरणमा रहेको छ । गतवर्ष असार २० गते सम्झौता भई निर्माण कार्य सुरु भएको तिल्चाखोला सडक पुल निर्माण कार्य एक अगाबै काम सम्पन्न हुन भएको हो ।

२०८२ असार २० गते सम्झौता भई २०८४ असार २० निर्माण सम्पन्न गर्नुपर्ने गरी सम्झौता पुल सम्झौता म्याद अगावै सम्पन्न भएको हो । ज्वालामुखी हिमशिखर हिरा जे.सी काठमाडौं निर्माण कम्पनीका प्रतिनिधी कुमार केसीका अनुसार निर्माण कार्य सम्पन्न भएकोले अब छिट्टै हस्तान्तरण गर्ने प्रक्रियामा रहेको जनाएका छन् ।
तिल्चाखोला सडक पुल निर्माणको लागि पूर्वाधार विकास कार्यालय रुकुम पश्चिम रु.८ करोड २२ लाख ११ हजार ४ सय ३८ रुपैयाँ २१ पैसा लागतमा निर्माण गरिएको पूर्वाधार विकास कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख रामचन्द्र विसी जानकारी दिएका छन् । उनले भने, सडक पुलको छेउछाउको पहुँच मार्ग र सामान्य फिनिसिङको काम वर्षातका कारण रोकीएको र कार्तिक सम्ममा सडक पुल हस्तान्तरण हुनेछ ।
गत भदौ १६ गते तिल्चाखोलाले मोटरसाईकल बगाउदा एक अझै बेपत्ता भएका छन् । मुसकिोट नगरपालिका वडा नं. ४ बस्ने अन्दाजी १८ वर्षीय प्रशान्त सन्यासी अझै बेपत्ता रहेका छन् । भने एक जनालाई सकुशल उद्दार गरिएको थियो । पुल निर्माण भएसगै आवतजावतमा सहज हुने स्थानीयले बताएका छन् ।

