रसुवाका वाढीपीडितको लागि मुसिकोट नगरपालिका १३ नम्बर वडाले ५० हजार सहयोग

भदौ १८, रुकुम पश्चिम ।
मुसिकोट नगरपालिका १३ नम्बर वडा कार्यालय रुकुम पश्चिमले रसुवाका वाढी पीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार रुपैंयाँ सहयोग गरेको छ ।


कार्यालयले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनःस्थापना कार्यमा सहयोग प¥याउने उद्देश्यले उद्धार कोषमा सहयोग रकम जम्मा गरेको हो ।
भदौ १० गतेको बाढीका कारण रसुवा क्षेत्रमा ठूलो धनजनको क्षति हुनुका साथै स्थानीय नागरिकको जनजीवन प्रभावित भएकोले प्रधानमन्त्री दैबी प्रकोप राहत कोषमा उक्त रकम जम्मा गरेको मुसिकोट नगरपालिका वडा नं. १३ का वडाध्यक्ष खलबहादुर खड्काले जानकारी दिएका छन् ।
उनले भने, विपद्को समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग गर्नु संस्थाको सामाजिक उत्तरदायित्व तथा मानवीय कर्तव्य रहेको जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *