मोडल रामबहादुर पुनलाई ‘बेस्ट न्यू एक्टर मोडर्न सङ्ग मेल’अवार्ड

रेखदेख संवाददाता
भदौ १८, रुकुम ।
रुकुम पश्चिममा नवयुवा मोडल तथा कलाकार रामबहादुर पुनले ‘चौथो नेशनल ब्रान्ड म्युजिक अवार्ड–२०८३’ बाट सम्मानित भएका छन् ।
रुकुम पश्चिमको सानीभेरी ३ गरायलामा जन्मेका मोडल तथा कलाकार पुन ‘चौथो नेशनल ब्रान्ड म्युजिक अवार्ड–२०८३’ अन्तर्गत आधुनिक गीत तर्फको पुरुषमा ‘उत्कृष्ट नयाँ अभिनेता’ (बेस्ट न्यू एक्टर मोडर्नसंग पुरुष) विधाको अवार्ड प्राप्त गरेका हुन् ।
शुक्रवार मोडल तथा कलकार पुनलाई ‘तिमीलाई हेरी हेरी’ बोलको गीतबाट उक्त अवार्ड प्रदान गरिएको हो ।
ब्राण्डरोट इन्टरटेनमेन्ट प्रा. लि. को आयोजनामा सम्पन्न ‘चौथो नेशनल ब्रान्ड म्युजिक अवार्ड–२०८३’ मा पुनलाई उक्त विधामा सम्मान गरिएको जनाएको छ ।
अवार्ड समारोह शुक्रबार काठमाडौंको नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा आयोजना गरिएको थियो ।
आयोजक ब्राण्डरोट इन्टरटेनमेन्टका अध्यक्ष तथा संगीतकार÷गीतकार सुनिल बस्नेत र वरिष्ठ संगीतकार तथा गीतकार प्रकाश गुरुङले पुनलाई अवार्ड प्रदान गरेका हुन् ।
अवार्ड प्राप्त गरेपछि पुनले नेपाली आधुनिक संगीत क्षेत्रमा आफ्नो उपस्थिति थप बलियो बनाउने जानकारी दिएका छन् ।
सम्मान पत्र मार्फत पुनको आगामी सांगीतिक यात्रा अझ सफल र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना समेत दिएको छ । ‘तिमीलाई हेरी हेरी’ गीतबाट रामबहादुर पुनले प्राप्त गरेको छन्् । रुकुम पश्चिमबाट छोटो समयमा राष्ट्रियस्तरको पुरस्कार तथा सम्मान पाउने उनी पहिलो श्रष्टा हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *