जेष्ठ नागरिक सम्मान कार्यक्रम
रेखदेख संवाददाता
फागुन २५, रुकुम । जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । नेपाली कांग्रेस मुसीकोट नगरपालिका ३ ले आफ्नो वडामा रहेका जेष्ठ नागरिकलाई सम्मान गरेको हो । ३ नम्बर वडा भित्रका ७५ वर्ष माथिका १७ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको नेपाली कांग्रेस
मुसीकोट नगरपालिका ३ का वडा सभापति दशरथ केसीले जानकारी दिएका छन् । उनले भने, ‘वडा क्षेत्रभित्रका जेष्ठ नागरिकलाई दोसल्लाह, प्रमाण पत्रका साथै नगत रुपैयाँ प्रदान गरिएको जनाएको छ ।
जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका पार्टी सचिव गोरखबहादुर केसीले जिल्लाका सबै वडाका जेष्ठ नागरिकलाई सम्मान गर्ने बताए । उनले भने, ‘जेष्ठ नागरिक अनुभवका खानी भएको भन्दै जेष्ठ नागरिकबाट हामीले सिक्नुपर्ने धेरै ज्ञान रहेको बताए ।’ त्यस्तै नेपाली कांग्रेस मुसीकोट नगर सभापति महेन्द्र केसीले ‘नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएका लोकल्यानकारी कार्यक्रमहरु ६५ वर्षदेखी वृद्धाभत्ता वितरण गर्ने, बेरोजगारलाई भत्ता, दिर्घरोगीहरुलाई उपचार खर्च जस्ता लोकप्रिय कार्यक्रम कटौती गरेको भन्दै सरकारको विरोध जनाए ।
कार्यक्रममा मुसीकोट नगरपालिका २ का वडाध्यक्ष कासीराम खड्का, वडा नं. ३ का वडाध्यक्ष भिमबहादुर खड्का, ट्रेड युनियनका हर्कबहादुर खत्री, दलित संघका सभापति प्रविर ददेल लगायतले मन्तव्य राखेका थिए ।
तरुण दल रुकुमका सचिव टोपबहादुर खड्काले सञ्चालन गरेको कार्यक्रममा जनप्रतिनिधी, नागरिक समाजका अगुवा, शिक्षक बुद्धिजीवि कर्मचारीका साथै जेष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।

