१४ लाख बीमाङ्क रकम हस्तान्तरण
रेखदेख सवाददाता
फागुन २६, रुकुम ।
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले बीमाङ्क रकम हस्तान्तरण गरेको छ । भुमे–९ चुनवाङ रुकुम पूर्वका मेघमाली रोकालाई बीमाङ्क रकम हस्तान्तरण गरिएको हो । उनका श्रीमान लोकबहादुर रोका बैदेशीक रोजगारको शिलशिलामा कतारमा मृत्यु भएपनि उनको परिवारलाई बीमाङ्क बापत रु १४ लाख रुपैयाँ प्रदान गरिएको हो ।
बुधबार एक कार्यक्रमको आयोजना गरी मृतकका परिवारलाई मुसीकोट नगरपालिकाका प्रमुख देवीलला गौतमलाई बीमाङ्क रकम हस्तान्तरण गरिएको प्राइम लाईफ इन्स्योरेन्स कम्पनीका रुकुम शाखा प्रबन्धक देउकुमार ओलीले जानकारी दिएका छन् । उनले भने, ‘मृतक लोकबहादुर रोकाको गत कार्तिक १ गते कतारमा मृत्यु भएको थियो ।’ उनका ३ वटा छोरा रहेका छन् ।
कमाउन गएका श्रीमानको मृत्यु भएपछि बीमाङ्क बापतको रकमबाट विदेश जाँदाको ऋण र छोराहरुको शिक्षा दिक्षामा खर्च गर्ने मेघमाली रोकाले जानकारी दिएकी छिन् । उनले भनीन, ‘ बीमाङ्क बापतको रकम प्राप्त हुँदा केही राहतको महशुस भएाको छ ।’

