अस्पतालकाे शैयाबाट महिलाको याचना :अधिकार भन्दा उपचार चाहियो
प्रविर ददेल
फागुन २४, रुकुम ।
आज मार्च ८ अर्थात १०९ औं अन्तराष्ट्रिय नारी दिवश । देश तथा विदेशका नारीहरु नारी दिवशलाई पर्वको रुपमा उत्साह साथ
मनाईरहेका छन् । गाउँपालिकाका केन्द्र, जिल्लाका सदरमुकाम र प्रदेश र संघीय राजधानीमा ‘लैंगिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार’ भन्ने मुल नारा सहित अन्तराष्ट्रिय नारी दिवश मनाईरहेका बेला काठमाण्डौंको एउटा अस्पतालको संघन उपचार कक्षमा मुसीकोट नगरपालिका ११ लहुँ गोठबाङकी –३३ वर्षिय खीमा पुन जीवन मरको दोसाँधमा छटपटाई रहेकी छिन् ।
उनी गत वर्षको पुस महिनामा घाँस काट्ने क्रममा रुखबाट लडेर हात, खुट्टा र मेरुदण्डमा गम्वीर चोट लागेका कारण उनी जीवन मरको दोसाँधमा पुगेकी हुन् ।
छातिमुनीको कुनै पनि भाग नचलेपछि उनका श्रीमानले साहारा दिइरहेका छन् ।
उनी श्रीमानको सहारामा काठमाण्डौ त पुगिन, तर उपचार गर्ने पैसा नहुँदा उपचारको भिख मागिरहेकी छिन् । ‘रेखदेख सँग टेलिफोनमा कुरा गदैन भनिन, ‘अधिकार भन्दा उपचार चाहियो।’
अहिले उनी काठमाण्डौ स्थित नरदेवी आयुर्बेदिक चिकित्सालयको बेट नं.–१५ मा छिन् । श्रीमतीकै उपचारमा गाउँको जग्गा बेचेर रु. १० लाख रुपैयाँ सकेका धर्मबहादुरलाई अझै १० लाख रुपैयाँ खर्च लाग्ने भनेपछि उनको होस नै उडेको छ ।
गरिवी र अभावमा गुर्जिएका धर्मबहादुर पुनलाई ३ जना छोरा छोरीको गाँस, वास, शिक्षाका साथै श्रीमतीको उपचार गर्ने दोहोरो जिम्मेवारी रहेको छ । सबै सम्पती सकेका धर्मबहादुरले श्रीमती खिमालाई बचाईदिन देश तथा विदेशमा रहेका नेपालीलाई सहयोगको याचना गरेका छन् । ‘मजदुरी नगरी खान पुग्दैन, उपचारमा सम्पती सकियो, श्रीमतीलाई कसरी बचाउने भन्दै गर्दा धर्मबहादुरको आँखाबाट आशु खस्यो ।’ उनी निशब्द भएर र भने, ‘श्रीमती बचाईदिनोस् ।’ उनीलाई सहयोग गर्न चाहाने धर्मबहादुर पुनको मोवाईल नं. ९८१४५६८२९५ मा सम्पर्क गर्नुहोला अनुराेध समेत गरेका छन ।

