रूकुमपूर्वको मिलनकेन्द्र रूकुमकोट

डिकेन्द्र शाह ।

हाम्रो देश नेपाल एकात्मक राज्य व्यवस्थाबाट हटेर अहिले संङघीय व्यवस्थामा रहेको छ । नेपालको संविधानमा(२०७२) उल्लेख भएअनुसार नेपाल संङघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश हो ।संङघीय शासन प्रणाली अनुसार राज्यशक्तिको  देशमा कार्यान्वयनको चरणमा छ  । यस शिलशिलामा यहाँ विभिन्न समस्या र उतारचढावहरू आउनु स्वाभिक हो । भौगलिक,दुर्गमता,ऐतिहासिक धरोहर,जातिय उत्पीडन,अभाब,सुगमता आदि सबै कुराहरु मिलाएर राज्यको पुनिःसंरचना गरी नेपालमा ७७ वटा जिल्लाहरू रहेका छन् ।केही बेमेल र गुनासाका कारण रूकुम र नवलपरासी जिल्लालार्इ खण्डित गरी २ वटा नयाँ जिल्लाहरू थप गरिएको छ ।

प्रदेश.नं. ५ मा पर्ने एकमात्र हिमाली नयाँ जिल्ला रूकमपूर्व हो । यो जिल्ला छुट्टै  खालको पहिचान बोकेको हिमाली जिल्ला हो । पुर्था हिमाल,सिस्ने हिमालमा बारैमास हिँउ परिरहन्छ । वास्तवमा ५२ पोखरी ५३ टाकुरी भनेर यो जिल्लालार्इ चिनिन्छ । मनमोहक कमलताल,गोप्तादह यहाँ रहेका छन् । सुन्दर मगर वस्तीहरूको बाहुल्यता छ । उत्तरगंगा,सानोभेरी नदी यहाँ निरन्तर बगिरहेका छन् । यो जिल्ला प्राकृतिक,साँस्कृतिक,सामाजिक,धार्मिक र ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण छ ।जहाँसम्म रुकुमपूर्वको सदरमुकामबाट हुने कामकारवाहिहरु सबै रुकुमकोटबाट गर्ने भनि तत्कालिन सरकारका मन्त्री नेतागणहरुले उद्घाटन गर्नुभएको थियो । तर सत्य यो छ कि,त्यतिखेरको देउवा सरकारले रूकुमकोटको मुकामलार्इ  विवादमा तानिदियो । गोलखाँडामा हुनुपर्छ भनेर क्याबिनेटबाट निर्णय सरकारले गरयो । सारा जिल्लाको वस्तुस्थिति नबुझेर एक दुर्इ जनाको नेताको मिलेमतोमा जनअपेक्षा विपरित निर्णय भएपछि मुकामको निम्ति आन्दोलन चक्रिनु स्वाभिक थियो । मुकाम विवादमा तानिएको पनि झन्डै १ वर्ष भर्इसक्यो । सवौच्च अदालतमा रिट परेर बहस चलेको चल्यै छ,फैसला पनि हुदैँन केवल पेसी सरीरहन्छ । किन दिविधा र अनिर्णयको बन्दी बनाएको छ,रूकुमपूर्व जिल्लालार्इ ।वास्तवमा खुसीको अनुभुति गरेका जनतालार्इ किन पिँडा दिइरहेको छ, यो अहिलेको सरकारले विकास निर्माण कार्य सबै क्षेत्रमा बढाउने बेलामा यो रूकुमपूर्वमा केवल विवादमा फसाइ दिएर हुन्छ । यथार्थ रुपले न्याय फैसला त सरकार दिनसक्नु पत्यो नि । रुकुमकोट एउटा यस्तो ठाँउ हो जहाँ जुन ठाँउबाट मान्छेहरु आएपनि सायद यो ठाँउ पछि परोस भनेर उनिहरुको आत्मले भन्दैन होला । रुकुमकोटमा ऐतिहासिक पिँडा पनि  छ,किन सरकारले बुझ्दैन,पुरानो सदरमुकाम एकतन्त्रीय व्यवस्थाले खोसिदियो । अहिलेको संङघीय व्यवस्थामा पनि सदरमुकामको कार्यान्वयन रूकुमकोटबाटै रूकुमपूर्व जिल्लामा भएको सन्दर्भमा फेरी सदरमुकामको नजर गोलखाँडा,तकसेरा लगाउने हो भने पिँडित जनताका अगाडि गणतन्त्र आएको के अर्थ भो र ?

के यहाँका जनताको राज्यमा परिवर्तनका निम्ति जनय’द्ध,जनआन्दोलनमा त्याग तपस्या वलिदान छैन र ? यहाँ जनताहरूलार्इ  किन पिँडामाथि पिँडा अनावश्यक मात्र दिने हो । संङघीयता आएपछि सबै जनताको निम्ति आउनुपर्छ केवल एक दुर्इ जना नेताको निम्ति आएको होइन । नेता भन्दा ठुला जनता हुन यो कुरा र्इमानदार नेताले मात्र बुझेको हुन्छ ।जनतालार्इ पतन हुने नेताले जहिले पनि जनतालार्इ दुःख दिने लडाउने,भिडाउने खेल खेल्छन । नेता त्यस्तो हुन जसले सबैको मन जितेर,सबैको भावना बुझेर,सबै जन समुदायलार्इ मिलाएर अगाडि लान सकोस् । केवल अखबर सुनेर,चाकडी गरेर राजनिति गर्ने नेताको भविश्य कदापिचित पनि हुन सक्दैन । त्यसैले गर्दा रूकुमपूर्व जिल्लामा नेतृत्व गर्ने नेतागणहरूले पनि यो सोच्नुहोस्,क्षणिक लोप लालच,नातावाद,कृपावाद र कसैको चाकडीमा फस्नु हुदैँन । तपार्इहरु त ठुलो छाती बनाएर, उदार दिल,ठुलो मानसिकतामा यो जिल्लाको झमेलामा मुछिनुभन्दा यो देशको लागि समृद्धि बनाउनका लागि ठुलो भुमिका निर्वाह गर्नुपर्छ ।अनि सही निर्णय जिल्लाको दिनुपर्छ । हुनत अहिले नेताहरु आफ्नो नातेदारहरुलार्इ जागिर खुवाउनमा  तल्लिन छन् भन्ने कुरा मिडियामा सुनिरहन्छ । त्यसैले गर्दा विकास त गर्ने हो,शिलशिलेबारमा पहिलो पल्ट रूकुमकोटलार्इ गतिलो शहर बनाउन उत्तम हुन्छ  किनकि रुकुमपूर्वका नेताहरुले यति राम्रो शहरको विकास गरेका रहेछन भन्ने कुरा ठुला कार्यकारिणी तहमा भएका राजनेताहरूले स्याबारी दिउन त्यसपछि विस्तारै गोलखाँडा जस्ता ठाँउहरूको द्रुत गतिमा विकास गर्दै जाने हो ।अहिले त्यहाँ जाने के आधारभुत आवश्यकता छन् त ? एउटा वडा,गाँउपालिकाको केन्द्र बनाउने त मापदण्डहरु भूगोलको संरचना,जनसंख्या,विद्युत,सूचना सञ्चार,यातायात,बजारीकरण आदिको  आधारमा बनाउनु पर्छ भने जिल्ला सदरमुकामको कुरा छ,महत्वपूर्ण जनअधिकारका सेवा प्रवाह गर्नुपर्ने हुन्छ । जहाँ तत्काल सेवाहरू उपलब्ध गराउन कठिन ठाँउमा कसरी जिल्लाका सारा  सरकारी गैरसरकारी कार्यालयहरू सञ्चालन गर्न सकिएला कल्पना गरौँ त ? त्यसैकारण अहिलेको आवश्यकता भनेकै जिल्लाको मिलनकेन्द्र रूकुमकोट सदरमुकाम बनाउनु उपर्युत्त छ ।

प्रशन उठाइएको छ, जिल्लाको केन्द्र गोलखाँडा हो ? भनेर के वास्तवमा अन्य जिल्ला  सदरमुकामको केन्द्र बिच भागमा फिताले नापेर बनाइएको छ र ? हाम्रो छिमेकी जिल्ला रूकुम पश्रिचमको सदरमुकाम खंलगा केन्द्रमा छ र? नेपालकै राजधानी काठमाण्डौँ के केन्द्र बिच भागमा छ र? अरू तमाम जिल्लाहरूको सदरमुकाम पनि केन्द्र बिच भागमा छैनन् । त्यसैले गर्दा कतिपय परिर्वतन नचाहाने,अस्थिरता चाहाने,उग्रमनगढण्ते विचारका तत्वहरूले यो जिल्लालार्इ समृद्ध भएको देखन चाहादैँनन् । उनिहरु दिनरात यो जिल्लालार्इ द्वन्द्वमा फसाउने सडयन्त्र बुनिरहेका छन् ।केही राजनिति लाभ लिनका निम्ति उनिहरु लागिपरेका छन् ।तर लडार्इ सत्यको जीत हुन्छ,किनकि महाभारतमा सयौँ कौरवहरुलार्इ पाँच पाण्डवहरुले हराएकै थिए,कुरा के हो भने इमानदार,सत्य सोच भिजन र मिसन भएका नेताहरूले मात्र सही निर्णय दिन सक्छन र मुलुकलार्इ सकारात्मक विकासको बाटोमा हिँडाउन सक्छन्,ठुलो विमानलार्इ दुर्घटनाबाट बचाएर सही ठाँउमा अवतरण गराउन सक्छन् ।त्यसो त सबै मिलेर सही निर्णयबाट अगाडि बढाउन सक्नुपर्छ, त्यो असल नेताको गुण हो ।

रूकुमपूर्वको रूकुमकोट नै अहिलेको मिट पोइन्ट  हो ।किनकि सडक खण्डको दृष्टिकोले हेरौँ तः

डोल्पादेखि-सिस्ने-नायगाड- बालुवादेखि रूकुमकोट ।

बुर्तीबाङ(बागुलुङ)देखि-लुकुम काँक्रीदेखि रूकुमकोट ।

मैकोटदेखि-तकसेरा- कोल-काँक्रीदेखि रूकुमकोट ।

जाङदेखि-राङ्सी- बालुवादेखि रूकुमकोट ।

मुसिकोटदेखि साँख-रूकुमकोट ।

मुसिकोटदेखि स्यालापाखा-रूकुमकोट ।

मुसिकोटदेखि बाँफीकोट- पोखरा-रुकुमकोट ।

बाघमारा(रोल्पा)देखि-चुनवाङ-रूकुमकोट ।

थवाङ(रोल्पा)देखि-महत-खावाङ बगर-रुकुमकोट ।

यी सडक खण्डका उदाहरणले पनि रूकुमपूर्वको मिलनकेन्द्र रूकुमकोट बन्न सक्छ ।

हिमालको दृष्टिकोणले पनि सिस्ने हिमाल सदाबहार हिँउ पर्ने हिमालको पहिचान पनि छ, कमलतालको पहिचान पनि छ, ऐतिहासिक शहरको पहिचान पनि छ र उपत्यकाको दृष्टिकोणले जति पनि कार्यालयहरू,भवनहरू अटाउने ठाँउ छ । जातिय दृष्टिकोणले पनि विविधता सबै जातजातिहरूको बसोबास रहेको केवल एउटा जातको मात्र एकलौटी बर्चस्व भएको यो उपत्यका पनि होइन ।त्यसैले यो रुकुमपूर्व जिल्लाको सबैको साझा सुहाउने शहर सदरमुकाम बन्न सक्छ र सरकारको पनि सही निर्णय होस्, ध्यानाकर्षण होस्,भविश्यमा पछुताउनु नपरोस् किनकि विगतमा समानुपातिक ढङ्गले विकासको शक्ति बाँडफाड नभएको कारण यो देशमा अस्थिरता पैदा भएको होइनर । सबैलार्इ समान व्यवहार विकास गरेको भए उथलपुथल हुने थिएन होला सायद । विकास क्रमश हुने कुरा हो,त्यसकारण कोही कसै आतिएर अनावश्यक द्वन्द्वमा बेकार फसेर अर्थ छैन् ।अन्त्यमा सबै  मिलेर एकताबद्ध भएर अहिलेको आवश्यकता यथार्थरुपमा रुकुमकोट नै रुकुमपूर्व जिल्लाको सदरमुकामको मिलनकेन्द्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *