‘पत्रकारिता क्षेत्रलाई मर्यादित बनाऔं’

रेखदेख संवाददाता
फागुन १८ रुकुम ।
पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउनु पर्ने धारणा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आर्चायले जानकारी दिएका छन् । रुकुम पश्चिमको सदरमुकाम मुसीकोटमा आयोजित मिडियाप्रतिको जनगुनासो र आचार संहिता विषयक कार्यक्रममा अध्यक्ष आर्चायले यस्तो धारणा राखेका हुन् । उनले भने, ‘पत्रकारिता क्षेत्रलाई मर्यार्दित र व्यवस्थित बनाए मात्र पत्रकारिता पेशा प्रतिको सम्मान हुने धारणा अध्यक्ष आचार्यको छ ।
मिडिया समाजको सम्पती भएका कारण यसको संरक्षण संवद्र्धन र प्रवद्र्धनमा समेत सरकारले ध्यान दिनुपर्ने जनाए । विज्ञापनलाई समानुपाति ढंगले वितरण गरेर स्थानीय स्तरको मिडियाको स्थानीय सरकारले संरक्षण गर्नुपर्ने धारणा समेत राखे ।
प्रेस काउन्सिल नेपालका सदस्य ईश्वरी ओझाले सत्य तथ्य समाचार प्रकाशन, प्रशारण गर्न मिडियाहरुलाई आग्रह गरेका छन् । मिडिया संख्यात्मक रुपमा मात्र विकास भन्दा गुणात्मक विकास गर्नु पर्ने धारणा सदस्य ओझाले औल्याए । गलत तथा भ्रामक समाचार प्रकाशन गर्ने मिडियालाई कारवाही गरेको भन्दै संमयमित भएर अगाडि वढ्न पत्रकारहरुलाई आग्र समेत गरेका छन् । पत्रकारले पत्रकार आचार संहिताको पूर्ण पालना गरेमा पेशामा कुनै आँच नआउने सदस्य ओझाले प्रष्ट पारे ।
त्यस्तै रुकुम पश्चिमका जिल्ला समन्वय प्रमुख राजकुमार शर्माले पत्रकार गल्ती नगर्न आग्रह गरेका छन् । उनले भने, सत्य तथ्य समाचार प्रकाशन गरे मात्र पत्रकारिताको धर्म अनुरुप हुने उनको धारणा छ । यदि गल्ती गरे पत्रकार कारवाहीको भागिदार हुने जनाए ।
मुसीकोट नगरपाकिलका प्रमुख देवीलाल गौतमले पत्रकारको क्षमता अभिवृद्धि र विकासका लागि आफू तयार रहेको बताएका छन् । कार्यक्रममा सरोकारवाला निकायका साथै प्रत्र र प्रेस काउन्सिल नेपालका कर्मचारीहरुको समेत सहभागिता रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *