‘डिग्रे मन्दिरमा प्लाष्टिक प्रतिवन्ध’
खिमान्नद शर्मा
फागुन २० रुकुम ।
डिग्रे मन्दिरमा प्लाष्टिक प्रतिवन्ध लगाएको छ । कर्णाली प्रदेशकै प्रमुख धार्मिक स्थल डिग्रे शाईकुमारी मन्दिरमा प्लाष्टिक प्रतिवन्ध लगाएको हो । प्लाष्टिकका कारण मन्दिर आसपासमा क्षेत्रमा फोहोर बढ्न थालेको भन्दै डिग्रे मन्दिर व्यवस्थापन समितिले प्लाष्टिक प्रतिवन्ध लगाएको जनाएको छ ।
दर्शनार्थीहरुले पुजाका सामाग्री मन्दिर सम्म लैजानका लागि प्लाष्टिकको प्रयोग गर्ने र उक्त प्लाष्टिक जथाभावि फाल्नाले मन्दिर परिषरमा फोहोर थुप्रिदै हुन थालेको छ ।
प्लाष्टिकका कारण बढ्दै गएको फोहोर व्यवस्थापनमा चुनौति थपिन थालेपछि मन्दिरलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गर्नु परेको मन्दिर व्यवस्थापन समिति सचिव चुडामणी गौतमले जानकारी दिएका छन् । उनका अनुसार –‘फाल्गुन १८ गते एक कार्यक्रमको आयोजना गरी डिग्रे मन्दिरमा प्लाष्टिक प्रतिवन्ध लगाएको सचिव गौतमले जनाए ।
रुकुम पश्चिमको मुसीकोट नगरपालिका ५ थुर्पूमा रहेको मन्दिर विकासको लागि गुरु योजना तयार गरिएको मुसीकोट नगरपालिका वडा नं. ५ का वडाध्यक्ष शुसिल गौतमका जनाए । उनले भने, मन्दिरलाई सफा बनाउन र यसको विकासको लागि गुरु योजना तयार गरिएको छ । जसका लागि बजेट संघ र प्रदेशमा बजेट माग गरिएको जनाएको छ ।
यस मन्दिरमा प्लाष्टिक झोलाको साटो फाईबर झोलाको प्रयोगमा जोड दिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
मन्दिरमा जथाभावी फोहर बढन थालेपछि आधा दर्जन बढी डस्टविनहरु राखिएको जनाएको छ ।

