काठमाण्डौबाट रुकुम आउँदै गरेको बस दुर्घटना, २३ जना घाइते, ३ जनाको अबस्था गम्भीर
बद्धि पुन,
सल्यान २२, फागुन ।
सल्यानमा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । जिल्लाको शारदा नगरपालिका–१ चैवाङज्युला नजिकै आज बिहान साढेँ ८ बजेतीर बस दुर्घटना भएको हो । काठमाडौंबाट रुकुमका लागि छुटेको सिस्ने हिमाल यातायात प्रालिको ना ४ ख ५३६३ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा घाईते शारदा नगरपालिका १२ का ५० बर्षिय राजकुमार बिक, शारदा नपा वडा ११ का ३१ बर्षिय हेमराज बुढामगर र बागचाैर नपा ३ का प्रतिमा बुढाथाेकीकाे अवस्था गम्वीर रहेकाे छ । ३ जना लाइ थप उपचारको लागी नेपालगन्ज रिफर गरिएको छ । भने बाँकी २० जनाको कान्तिपुर सामुदायिक हस्पिटल श्रीनगरमा उपचार भईरहेको छ ।
घाईतेहरुमा बागचौर नगरपालिका ७ की ३० बर्षिया रिता शर्मा, वडा नम्बर ८ बस्ने ३२ बर्षिय केशर बिक, शारदा नपा वडा ११ का ३१ रहेका छन् ।
यस्तै कुमाख गाउपालिकाका २२ बर्षिय राकेश बिक, सिद्धकुमाख गाउपालिका २ का ६८ बर्षिय गंगाराम बुढाथोकी, वडा नम्बर ३ का २६ बर्षिय रमेश परियार, दार्मा गाउपालिका ५ का २५ बर्षिय खुमराज खड्का, शारदा नगरपालिका ९ का खिम बहादुर परियार रहेका छन् ।
यस्तै रुकुम मुसीकोट नगरपालिका ५ का १६ बर्षिया जनमाया परियार, सोही ठाँउकी १६ बर्षिया गितु परियार, वडा नम्बर १ बस्ने १८ बर्षिय रमेश बिक, खलंगाका अमर परियार, आठबिसकोट ६ का २० बर्षिया माया परियार, सोही ठाँउका ४० बर्षिया बिमला परियार, वडा नम्बर ३ का १८ बर्षिय यमराज नेपाली, भूमे १ का १२ बर्षिया सपना सेर्पाली, बाफिकोट ३ बस्ने २२ बर्षिय मदन केसी रहेका छन् ।
यस्तै म्याग्दीको बेनीका २० बर्षिय जीवन क्षेत्री, काठमाण्डौँका ५२ बर्षिय अग्र बिष्ट, सोही ठाँउका गाडी चालक ३५ बर्षिय महेन्द्र बुढाथोकी घाईते भएका छन् । गाडी चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । गाडी दुर्घटनाका घाईतेहरुको अबस्था सामान्य रहेको प्रहरीको भनाई छ । गाडी अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

