स्वास्थ्य शिक्षाको लागि आर्थिक सहयोग

रेखदेख संवाददाता
फागुन १३ रुकुम । रुकुमको एक स्थानीयतहले स्वास्थ्य प्राविधिक शिक्षा पढने विद्यार्थीलाई आर्थिक सहयोग गर्ने भएको छ । रुकुम पश्चिम चौरजहारी नगरपालिकाले प्राविधिक विषय पढने विद्यार्थीहरुलाई सहयोग गर्ने भएको हो ।

विशेषगरी चारवटा प्राविधिक बिषयहरुमा हरेक बर्ष चार जनालाई आर्थिक सहयोग गर्ने चौरजहारी नगरपालिकाले जानकारी दिएको छ । नगरपालिका भित्र मंसिर देखि पढाइ हुने भनिएको प्राविधिक शिक्षा स्टाप नर्स, ल्याव असिस्टेन्ट, हेल्थ असिस्टेन्ट, र फार्मेसी बिषयमा पढ्न चाहाने बिद्यार्थीलाई नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको नगर उपप्रमुख राधा रोकाले जानकारी दिईन् । उनका अनुसार – ‘गरिब , जेहन्दार बिद्यार्थी मध्ये १ बर्षमा ४ जनालाई आर्थिक सहयोग गर्ने प्रदान गरिनेछ ।’

नगर प्रमुख बिशाल शर्माका अनुसार १ जना बिद्यार्थीलाई ३ लाखदेखि ४ लाखसम्म रुपैयाँ सम्म आर्थिक सहयोग गरिनेछ । उनले भने हामीले नगरपालिका भित्र कुन–कुन बिषयको जनशक्ति आवश्यकता छ त्यहीँ अनुसार आर्थिक सहयोग गर्ने भनेका छौँ ।
चौरजहारी नगरपालिकाले सुचना प्रकाशन गरेपछि आएका निवेदनको आधारमा प्रतिस्पर्धा बनाई गरिब तथा जेहेन्दार बिद्यार्थीलाई आर्थिक सहयोग गरिनेछ नगर प्रमुख शर्माले भने, ‘लक्षित बर्गको केही बजेट र राजश्वको बजेटबाट उनीहरुलाई सहयोग गर्नेछौं ।’ हामीले त्यहीँ अनुसार निति तथा कार्यक्रम पनि बनाएको चौरजहारी नगरपालिकाले जानकारी दिएको छ ।

यसअघि आठविसकोट नगरपालिकाले पनि पाईलट पढाईको लागि विद्यार्थीहरुलाई सहुलियतमा ऋण प्रदान गर्ने निर्णय गरेको छ । आठविसकोट नगरपालिककाले स्थानीय युवा ललित भण्डारी र गोविन्द केसीलाई पाईलट पढन फिलिपिन्समा पठाएको नगरप्रमुख गोरबहादुर केसीले जानकारी दिएका छन् । त्यस्तै आठविसको नगरपालिकाले ४ जना ओभरसियर र १ जना स्टार्प नर्स र १ जना एचएमा पढन सहुलियतमा ऋण प्रदान गरेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *