आठविसकोटमा जीप दुर्घटना

रेखदेख संवाददाता
बैशाख १५, रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट ९ सुन्दरपानी नजिकै जीप दुर्घटना हुँदा एक बालक सहित १३ जना घाइते भएका छन् । नगरपालिकाको राडीबजार देखि कोट घर्तीगाउँ तर्फ जाँदै गरेको जीप आज साँझ करिब ५ बजेतिर दुर्घटना भएको हो

ग २ च ५२१३ नम्वर जीप दुर्घटना हुँदा चालक सहित १३ जना घाइते भएको र घाइतेहरुको अहिले नगर अस्पतालमा उपचार भैरहेको घटनाका प्रत्यक्षदर्शी ललित चन्दले बताए। घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको बताईएको छ ।

घटना बारे थप अनुसन्धान र घाइतेको पहिचान बारे प्रहरीले विवरण संकलन गरिरहेको बताईएको छ । घटना स्थलमा प्रहरी टोली र आठबिसकोट नगर प्रहरीको टोलि पुगेको छ । अन्य पनि घाइते भएको र उनीहरुलाई उद्धार कार्य जारी रहेको बताईएको छ ।
थप विवरण आउँन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *