आठबिसकाेट जीप दुर्घटना: १२ जना घाईते,२ काे अवस्था गम्भीर
चन्द्रकला परियार
रेखदेख संवाददाता
बैशाख १५, रुकुम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना भएको छ । आठबिसकोट नगरपालिका वडा नम्बर ९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ग १ च ५२१३ नम्बरको बोलेरो जिप वडा नम्बर ९ को सुन्दरपानी स्थित भित्री सडक खण्डमा मंगलबार साझ दुर्घटना भएको हो ।
सडकको भित्तामा ठोक्किएर भएको दुर्घटनामा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी निरक्षक झपिन्द्र परियारले जानकारी दिएका छन् । उनका अनुसार घाईते हुनेहरूमा आठबिसकोट नगरपालिका १० की ४५ बर्सिया जसि दमाई, वडा नम्बर ८ का १६ वर्षीय भूपेन्द्र सत्याल, सोही ठाउँका २३ वर्षीय महेन्द्र गैरे, वडा नम्बर १० की ५९ बर्सिया धनकुमारी सार्की, वडा नम्बर ८ की २६ बर्सिया नन्दकली पुन र सोही वडाका २५ वर्षीय पूर्णबहादुर सार्की रहेका छन् ।
त्यस्तै आठबिसकोट नगरपालिका वडा नम्बर ९ की ३५ बर्सिया सुशीला नेपाली, वडा नम्बर ८ का ११ वर्षीय ओमप्रकाश घर्ती, वडा नम्बर १० की ६२ बर्सिया कैली नेपाली, वडा नम्बर ८ की ६० बर्सिया मिना घर्ती, सोही वडाका ६१ वर्षीय मनबहादुर बस्याल र वडा नम्बर १० की १७ बर्सिया सीता बिक पनि घाइते भएको छन् र
घाइते मध्ये भूपेन्द्र गैरे र महेन्द्र सत्यालकाे अवस्था गम्भीर रहेकाेले थप उपचारकाे लागि नेपालगन्ज रिफर गरिएकाे प्रहरी निरक्षक परियारले जानकारी दिएका छन् । भने अन्य घाइतेहरूको नगर अस्पताल राडीमा उपचार भइरहेको छ ।
जिप चालक सानीभेरी गाउँपालिका ४ का २६ वर्षीय नरेन्द्र बिक प्रहरी नियन्त्रणमा रहेकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएकाे छ ।

