३ दिने पत्रकारिता तालिमको समापन
खगेन्द्र शाही
बैशाख ११, रुकुम ।
रुकुम पश्चिमका ३ दिने आधारभुत पत्रकारिता तालिमको समापन गरिएको छ । मुसिकोट नगरपालिकाको आर्थिक सहयोग र रेखदेख साप्ताहिक तथा रेखदेख डटकमको आयोजनामा रुकुम पश्चिमको सदरमुकाम खंलमा सञ्चालन गरिएको ३ दिने निःशुल्क आधारभुत पत्रकारिता तालिमको आज एक कार्यक्रमको आयोजना गरि समापन गरिएको हो ।

समापन कार्यक्रममा बोल्दै मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसीले भन्नु भयो, ‘पत्रकार भनेका समाजका ऐना भएको भन्दै समाज भएको तथ्य र सत्यलाई समाचारको माध्यमबाट उजागर गर्ने दायित्व रहेको बताउनु भयो ।’ पछिल्लो समय समाजमा गलत भ्रमपूर्ण फैलाउने भएकाले पत्रकारले यथार्थता लेख्ने र बोलेर आम नागरिकलाई सहि सूचना दिनुपर्ने नगर प्रमुख केसीको भनाई रहेको छ । तिन दिने आधारभुत पत्रकारिता तालिम प्रयाप्त नभएपनि यसले पत्रकारितातर्फ उन्मुख हुन सहयोग पुग्नेछ ।’ युवा युवती समाजका विकृति, विसंगति र भ्रष्टाचारका विरोधी भएका कारण पत्रकारिता तालिम पश्चात पत्रकारिता पेशा तर्फ लाग्न युवाहरुलाई सुझाव दिनु भएको छ । उहाँले युवाहरुको सक्रियता बढेमा आबश्यक पर्ने क्षमता विकासका कार्यक्रम अगाडि वढाउने जनाउनु भएको छ ।
त्यस्तै समापन कार्यक्रममा बोल्दै मुसिकोट नगरपालिका वडा नं.१ का वडाध्यक्ष ज्ञानुचन्द्र चन्दले पत्रकार कसैका नभएर सबैका साझा भएको जानकारी दिनु भएको उहाँले भने, भयो,‘पत्रकारिता पेशालाई मर्यादित र ब्यवसायी बनाउन क्षमता विकास हुनुपर्दछ ।’ मुसिकोट नगरपालिका वडा नं. २ का वडाध्यक्ष दिनेश खड्काले गाउँ घरमा भएका विकास निर्माण र जनताका समस्यालाई कमलको माध्यमबाट जनातालाई सुसूचित पार्ने काम पत्रकारको रहेको बताउनु भएको छ ।
तालिममा सहभागि युवती कृतिका खड्का र लोकश गौतमले आफूले तालिममा सिकेको ज्ञानलाई व्यबहारमा ल्याउने र व्यवसायी पत्रकारितामा जोड दिने बताउनु भएको छ ।
३ दिने पत्रकारिता तालिममा पत्रकारिताको बिकासक्रम, पत्रकारिताको परिभाषा, समाचार के हो ? समाचार लेखन, पत्रकार आचार संहिता, समाचारको महत्व, समाचारका भाषाशैली लगायतको विषयमा छलफल गरिएको रेखदेख साप्ताहिकका प्रधान÷सम्पादक प्रविर ददेलले जानकारी दिनु भएको छ ।
तालिममा तालिममा रुकुम पश्चिम जिल्लाका ३५ जना युवाहरु सहभागी रहेका छन् । तालिम बैशाख ९ गतेदेखि ११ गते सम्म सञ्चालन भएको थियो ।

