रुकुम पश्चिममा ३ दिने निःशुल्क पत्रकारिता तालिम सुरु
रेखदेख संवाददाता
बैशाख ९, रुकुम । रुकुम पश्चिमका ३ दिने निःशुल्क पत्रकारिता तालिम सुरु भएको छ । मुसिकोट नगरपालिकाको आर्थिक सहयोग र रेखदख साप्ताहिक तथा रेखदेख डटकमको आयोजनामा रुकुम पश्चिमको सदरमुकाम खंलमा ३ दिने आधारभुत पत्रकारिता तालिम सुरु भएको हो ।

मुसिकोट नगरपालिकाका नगरप्रमुख तालिमको ब्यानर पढेर उद्घाटन गर्नु हो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख महेन्द्र केसीले पछिल्लो समय घट्दै गएको पत्रकारिता क्षेत्रमा युवाहरुको आर्कषण वढ्नु सुखद भएको पक्ष भएको जानकारी दिनु भएको छ ।
युवाहरुको क्षमता विकास गरी समाजमा भएको बिकृति विसंगतीहरुको पत्रकारिता मार्फत चिरफार गर्न यो तालिम सहयोगी बन्ने जानकारी दिनु भएको छ । नगरप्रमुख केसीले भन्नुभयो,‘तिन दिने आधारभुत पत्रकारिता तालिम प्रयाप्त नभएपनि यसले पत्रकारितातर्फ उन्मुख हुन सहयोग पुग्नेछ ।’ युवा युवती समाजका ऐना तथा विकृति र विसंगति र भ्रष्टाचारका विरोधी भएका कारण पत्रकारिता तालिम पश्चात पत्रकारिता पेशा तर्फ लाग्न युवाहरुलाई सुझाव दिनु भएको छ ।
पहिलो दिनको तालिममा पत्रकारिताको बिकासक्रम, पत्रकारिताको परिभाषा, पत्रकारिताको माध्यमहरु, समाचारको परिभाषा, समाचार लेखनलगायतको विषयमा छलफल गरिएको रेखदेख साप्ताहिकका प्रधान सम्पादक प्रविर ददेलले जानकारी दिनु भएको छ ।
तालिममा रुकुम पश्चिम जिल्लाका ३० जना युवाहरु सहभागी रहेको र तालिम बैशाख ११ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।तालिममा नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको उपाध्यक्ष तथा नेपाल प्रेस युनियन रुकुमका अध्यक्ष सुमीत्रा केसीको आथित्यता रहेको थियो ।

