रुकुम पश्चिममा एसईईको उत्तरपुस्तिका जाँच्न सुरु
रेखदेख संवाददाता
चैत १९, रुकुम । यस वर्षको एसईई परिक्षाको उत्तरपुस्तिका जाँच्ने काम सुरु भएको छ । चैत १९ गते अर्थात आज भएको एसईई परिक्षा अन्र्तगत अनिवार्य अंग्रेजी विषयको उत्तरपुस्तिका जाँचको काम सुरु भएको हो ।

शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका प्रमुख ताराप्रकाश पुनका अनुसार यस वर्षदेखि जिल्लामा उत्तरपुस्तिका जाँच्ने काम सुरु भएको जानकारी दिएका छन् । उनले भने, ‘सबै परिक्षा केन्द्रबाट उत्तर पुस्तिका जाँच्ने काम हुने र जुन परिक्षा केन्द्रमा उत्तरपुस्तिका जाँन विषय बिज्ञ नभएको खण्डमा अन्तर पालिका वा अन्य केन्द्रमा जाँच्ने काम भएको छ ।’
रुकुम पश्चिममा जम्म ३ हजार ८ सय ३२ जना विद्यार्थीहरु परिक्षामा सहभागी भएका छन् । जसमा छात्रा १ हजार ८ सय ९८ र छात्र १ हजार ७ सय २४ जना रहेका छन् । रुकुम पश्चिममा ३१ छात्र र २८ छात्रा परिक्षामा सहभागि भएका छैनन् ।
रुकुम पश्चिम जिल्लामा ग्रेडबृद्धिका लागि २९ छात्रा १७ छात्र सहभागि भएका छन् । भने ग्रेडबृद्धि परिक्षा फारम भरेका ८ जना विद्यार्थी सहभागी भएन । रुकुम पश्चिमका १६ वटै परिक्षा केन्द्रहरुमा पहिलो दिनको परिक्षा शान्तिपूर्ण तरिकाले सम्पन्न गरिएको जनाएको छ । एक महिना भित्र नतिजा सार्वजनिक गर्ने उद्देश्यले यसवर्ष देखी सरकारले परीक्षा केन्द्रमै एसईईको उत्तरपुस्तिका परिक्षण गर्न लागेको हो ।

