रुकुम पश्चिममा झण्डै ६३ हजार मत खस्यो

प्रविर ददेल
फागुन २१, रुकुम ।
रुकुम पश्चिममा प्रतिनिधी सभा निर्वाचनमा झण्डै ६३ हजार मत खसेको छ । रुकुम पश्चिमका कुल मतदाता १ लाख ६ हजार ६ सय ६० मध्ये महिला ३४ हजार ६ सय ३ र पुरुष २८ हजार ३ सय ६४ गरी जम्मा ६२ हजार ९ सय ६७ मत ५९.३ प्रतिसत मत खसेको प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानीले जानकारी दिएका छन् ।
२०७९ सालको प्रतिनिधी सभा निर्वाचनको तुलनामा झण्डै ५ प्रतिसत मत बढी खसेको छ । रुकुम पश्चिममा २०७९ सालमा निर्वाचमा ५४.०४ प्रतिसत मत खसेको थियो । जसमा १ लाख ४ हजार २ सय ८० मतदाता मध्ये ६० हजार १ सय ११ मत खसेको थियो ।
रुकुम पश्चिममा ७६ मतदान स्थलहरुमा १ सय ४२ मतदान केन्द्र रहेका छन् । जसमा २ अस्थायी मतदान केन्द्र रहेका थिए । विहान ७ बजेबाट ५ बजेसम्म मतदान भएको थियो ।
प्रजिअ थानीका अनुसार सबै निर्वाचनस्थलमा शान्तिपूर्ण ढंगले मतदान सम्पन्न भएको छ । रुकुम पश्चिमको सबै पालिकाका संकलन केन्द्रमा मतपेटीका संकलन गरी मुख्य निर्वाचन कार्यालयमा ल्याउने तयारी भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । सबै मतपेटिका आएपछि गणनाको काम सुरु हुने जनाएको छ ।

निर्वाचन क्षेत्र १ रहेको रुकुम पश्चिममा नेपाली काँग्रेसवाट राजु केसी, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट जर्नादन शर्मा, नेपाली कम्युनिष्ट पार्टीबाट गोपाल शर्मा , राष्ट्रिय स्वतन्त्र पार्टीबाट मानबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टी (सयुंक्त) शेरबहादुर केसी, नेपाल कयुनिष्ट पार्टी (माओवादी) चन्द्रबहादुर वुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपाल खड्का, नेपाल मजदुर किसान पार्टीबाट धनबहादुर विक, आम जनता पार्टीबाट प्रेमा दमाई नेपाली र राष्ट्रिय जनमोर्चाबाट सत्य नारायण श्रेष्ठ चुनावी मैदानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *