बिरगंजमा कार्यरत लेखा अधिकृत ओलीले गरे श्रीमतीको हत्या

रेखदेख संवाददाता
चैत १३, दाङ । वन कार्यालय बिरगंजमा लेखा अधिकृतका रूपमा कार्यरत गोपाल ओलीले दाङमा श्रीमती हत्या गरेका छन । उनले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका हुन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरी बस्दै आएका रुकुम पश्चिम त्रिवेणी गाउँपालिका १० का ३४ वर्षीय गोपाल ओलीले धारिलो हतियार प्रहार गर्दा २७ बर्षिया श्रीमती कमला ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकाी दिएका छन् ।


बिहीबार साँझ साढे ७ बजेतिर श्रीमानले धारिलो हतियार प्रहार गर्दा टाउको र अनुहारमा चोट लागेर गम्भीर घाइते भएकी कमलाको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए । गोपाललाई प्रहरीले नियन्त्रण लिइसकेको छ । आरोपीत गोपाल ओलीले पटक पटक श्रीमतीलाई कुटपिट र यातना दिने, छोरा छोरीको लालपानल समेत नगरेको मृतकका बहिनीले जानकारी दिएकी छिन् । मृृतकका एक छोरा एक छोरी रहेका छन् ।

घटनाको थप अनुसन्धान चलिरहेको प्रहरीको भनाई छ । गोपाल भाइको काजकिरिया सकेर दाङ फर्किएका थिए । उनका भाइ महेन्द्र ओलीले चैत्र १ गते रुकुम पश्चिमको मुसिकोट १ को खलंगा र सल्ले जोड्ने बराहटाकुरा पुलबाट हाम फालेर आत्महत्या गरेका थिए ।
वन कार्यालय बिरगंजमा लेखा अधिकृतका रूपमा कार्यरत ओली भाइको काजकिरिया सकेर दाङ फर्किएर श्रीमतीको हत्या गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *