रुकुम पश्चिममा १२ प्रतिसत मत खस्यो

रेखदेख संवाददाता
फागुन २०, रुकुम ।
रुकुम पश्चिममा १२ प्रतिसत मत खसेको छ । प्रतिनिधी सभा निर्वाचनमा रुकुम पश्चिमका १४२ वटा मतदान केन्द्रहरुमा ९ बजेर ३० मिनेटमा १२ हजार ३ सय २० मत खसको मुख्य निर्वाचन कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । जसमा महिला ५ हजार ७ र पुरुष ६ हजार ६ सय २० रहेको छ । रुकुम पश्चिममा जम्मा १ लाख ६ हजार ६ सय ६० मतदाता रहेका छन् ।

जसमा महिला ५२ हजार ३ सय ९३ र पुरुष ५४ हजार ३ सय ६३ रहेका छन् । रुकुम पश्चिममा ७६ मतदान स्थलमा १४२ वटा मतदान केन्द्र रहेका छन् । विहान ७ बजेदेखी सुरु भएको मतदान बेलुका ५ बजेसम्म हुनेछ ।
रुकुम पश्चिमका सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण तरिकाले मतदान भएको प्रमुख जिल्ला अधिकारी दिनेश कुमार थानीले जानकारी दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *