रुकुम पश्चिमका आफैलाई मत नहाल्ने ४ उम्मेदवार ?
रुकुम पश्चिमका ४ उम्मेदवारले आफैलाइ मत हाल्दैनन्
रेखदेख संवाददाता
फागुन २० रुकुम पश्चिम ।
फागुन २१ गते अर्थात भाेली हुने प्रतिनिधि सभा निर्वाचन निर्वाचनमा रुकुम पश्चिमबाट १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन । तर प्रतिस्पर्धामा रहेका ४ जना उम्मेदवारले आफैलाई मत हाल्ने छैनन । उम्मेदवार भएर पनि आफैलाई मत हाल्जे अबसर गुमाएका उम्मेदवारमा नेकपा एमालेका नन्दराम देवकाेटा, उज्यालो नेपाल पार्टीका नरेन्द्र केसी,
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गाेपाल खड्का र नेपाल मजदुर किसान पार्टीका उम्मेदवार धनबहादुर बिकले आफैलाई मतदान गर्न गर्ने छैनन ।
खड्का र बिककाे रुकुम पश्चिम जिल्लामा मतदाता नामावली छैन । खड्काकाे मतदाता नामवली दाङ तुल्सिपुर उपमहानगर पालिका वडा नं. ४ रक्षाचाैर र बिककाे पन्चपुरि नगरपालिका वडा नं. २ सुर्खेतमा मतदाता नामावली रहेकाे छ । भने देबकाेटा र केसीले भने यस आफ्नाे उम्मेदवारी कायम रहेपनि प्रगतिशील लाेकतान्त्रिक पार्टीका उम्मेदवारलाई समर्थ गरेका छन । नेकपा एमालेले केन्द्रबाट २०८२ माघ ११ गते प्रलाेपालाई सघाउने निर्णय भएकाेले उनकाे उम्मेदवारी कायम भएपनि उनले आफैलाई भाेट हाल्ने छैनन । भने उनेपाका उम्मेदवारले फागुन १४ गते पत्रकार सम्मेलन गरेर प्रलाेपालाई सघाउने घाेषणासंगै उम्मेदवारी निस्कृय भएकाे हाे ।

