रुकुम पश्चिममा कुन उम्मेदवारले कहाँबाट मतदान गर्दै छन ?

प्रबिर ददेल 
फागुन २०,रुकुम पश्चिम । फागुन २१ गते अर्थात भाेली हुने प्रतिनिधि सभा निर्वाचन निर्वाचनमा रुकुम पश्चिमबाट १० जना उम्मेदवार प्रतिस्पर्धामा छन ।
निर्वाचन क्षेत्र १ रहेको रुकुम पश्चिममा नेपाली काँग्रेसवाट राजु केसी, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट जर्नादन शर्मा, नेपाली कम्युनिष्ट पार्टीबाट गोपाल शर्मा , राष्ट्रिय स्वत्न्त्र पार्टीबाट मानबहादुर शाही नेपाल कम्युनिष्ट पार्टी (सयुंक्त) शेरबहादुर केसी, नेपाल क्युनिष्ट पार्टी (माओवादी) चन्द्रबहादुर वुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपाल खड्का, नेपाल मजदुर किसान पार्टीबाट धनबहादुर विक, आम जनता पार्टीबाट प्रेमा दमाई नेपाली र राष्ट्रिय जनमोर्चाबाट सत्य नारायण श्रेष्ठ चुनावी मैदानमा छन् ।
कुन उम्मेदवारले कहाँबाट मतदान गर्दैछन ?
नेपाली काँग्रेसका उम्मेदवार राजु केसी, आम जनता पार्टीका प्रेमा दमाई नेपाली र राष्ट्रिय जनमाेर्चाका उम्मेदवारले मुसिकाेट नगरपालिका १ खंलगामा रहेकाे त्रिभुवन जनता माध्यमिक बिद्यालयकाे मतदान केन्द्रबाट मतदान गर्दैछ । त्यस्तै प्रगतिशील लाेकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्माले मुसिकाेट नगरपालिका वडा नं.५ सेरिगाँउकाे यमुनानन्द नमुना माध्यामिक मतदान केन्द्र र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गाेपाल शर्माले चाैरजहारी नगरपालिका वडा नं. ५ काे मा.बि. खहरे मतदान केन्द्रबाट मतदान गर्दैछन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मानबहादुर शाहीले चाैरजहारी नगरपालिका वडा नं. १४ मा रहेकाे जनकल्याण आधारभुत बिद्यालय लामिडाँडा, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का उम्मेदवार शेरबहादुर केसीले चाैरजहारीनगरपालिका वडा नं. १३ मा रहेकाे सरस्वती मा.बि.घरेलीचाैर मतदान केन्द्र र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का उम्दवार चन्द्रबहादुर बुढा आठबिसकाेट नगरपालिका वडा नं. ८ मा रहेकाे मनकामना आधारभुत विद्यालय लमतदान केन्द्रबाट मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *