रुकुम पश्चिममा निर्वाचनको लागि २ करोड खर्च

रेखदेख संवाददाता
फागुन २०, रुुकम ।
रुकुम पश्चिममा प्रतिनिधी सभा निर्वाचनकोे लागि २ करोड वढी खर्च हुने भएको छ । रुकुम पश्चिमका ७६ मतदान स्थलका १ सय ४२ मतदान केन्द्रहरुमा २ करोड १० लाख ३२ हजार ९ सय ६० रुपैयाँ खर्च भएको मुख्य निर्वाचन कार्यालयका जनाएको छ ।


मुख्य निर्वाचन कार्यालयका अनुसार अनुसार दैनिक भत्ता, भ्रमण, बुथ निर्माण, मतपत्र, मतपेटी ढुवानी, स्वयमसेवक परिचालन र विविध खर्च गरी उक्त रकम खर्च भएको हो ।
मतदान केन्द्रहरुमा ८ सय ४६ कर्मचारी खटाएको छ । त्यस्तै निर्वाचन शान्ति र भयरहित निर्वाचन सम्पन्न रुकुम पश्चिममा २ हजार ६९ सुरक्षाकर्मी परिचालन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीका अनुसार निर्वाचन प्रहरी सहित २ हजार ६९ सुरक्षाकर्मी परिचालन गरिएको हो ।
निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन जिल्लामा ९ सय ४९ निर्वाचन प्रहरी, ४ सय ७४ नेपाल प्रहरी, १ सय ८४ सशस्त्र प्रहरी र ४ सय ६२ जना नेपाली सेना परिचालन गरिएको छ ।

रुकुम पश्चिममा रहेका कुल ७६ मतदान स्थलमध्ये ४३ संवेदनशील, २१ अति संवेदनशील र १२ वटा सामान्य रहेका छन् ।
जिल्लामा कुल १ लाख ६ हजार ६ सय ६० मतदाता रहेका छन् । जसमध्ये ५४ हजार २ सय ६३ पुरुष मतदाता, ५२ हजार ३ सय ९६ महिला मतदाता र अन्य एकजना रहेको जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रुकुम पश्चिममा १ सय ४२ मतदान केन्द्रमा २ अस्थायी मतदान केन्द्र रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *