रुकुम पश्चिममा २ हजार बढी सुरक्षाकर्मी परिचालन

प्रविर ददेल
फागुन २०, रुकुम ।
फागुन २१ गते अर्थात भोली हुने प्रतिनिधी सभा निर्वाचनको तयारी पुरा भएको छ । मुख्य निर्वाचन कार्यालयकारुकुम पश्चिमका अनुसार जिल्लामा रहेका ७६ मतदान स्थलका १ सय ४२ मतदान केन्द्रमा सम्पूर्ण तयारी पुरा भएको हो । मदान केन्द्रहरुमा ८ सय ४६ कर्मचारी खटाएको छ । त्यस्तै निर्वाचन शान्ति र भयरहित निर्वाचन सम्पन्न रुकुम पश्चिममा २ हजार ६९ सुरक्षाकर्मी परिचालन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीका अनुसार निर्वाचन प्रहरी सहित २ हजार ६९ सुरक्षाकर्मी परिचालन गरिएको हो ।


निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन जिल्लामा ९ सय ४९ निर्वाचन प्रहरी, ४ सय ७४ नेपाल प्रहरी, १ सय ८४ सशस्त्र प्रहरी र ४ सय ६२ जना नेपाली सेना परिचालन गरिएको छ । रुकुम पश्चिममा रहेका कुल ७६ मतदान स्थलमध्ये ४३ संवेदनशील, २१ अति संवेदनशील र १२ वटा सामान्य रहेका छन् ।
जिल्लामा कुल १ लाख ६ हजार ६ सय ६० मतदाता रहेका छन् । जसमध्ये ५४ हजार २ सय ६३ पुरुष मतदाता, ५२ हजार ३ सय ९६ महिला मतदाता र अन्य एकजना रहेको जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन क्षेत्र १ रहेको रुकुम पश्चिममा नेपाली काँग्रेसवाट राजु केसी, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट जर्नादन शर्मा, नेपाली कम्युनिष्ट पार्टीबाट गोपाल शर्मा , राष्ट्रिय स्वत्न्त्र पार्टीबाट मानबहादुर शाही नेपाल कम्युनिष्ट पार्टी (सयुंक्त) शेरबहादुर केसी, नेपाल क्युनिष्ट पार्टी (माओवादी) चन्द्रबहादुर वुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपाल खड्का, नेपाल मजदुर किसान पार्टीबाट धनबहादुर विक, आम जनता पार्टीबाट प्रेमा दमाई नेपाली र राष्ट्रिय जनमोर्चाबाट सत्य नारायण श्रेष्ठ चुनावी मैदानमा छन् । नेकपा एमाले र उज्यालो नेपाल पार्टीले आफ्नो उम्मेदवारी निष्कृय बनाएर प्रलोपालाई समर्थन गरेका छन् ।

रुकुम पश्चिममा १ सय ४२ मतदान केन्द्रमा २ अस्थायी मतदान केन्द्र रहेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *