रुकुममा एमाले–प्रलोपा चुनावी तालमेलमा

रेखदेख संवाददाता
माघ १२, रुकुम ।
नेकपा एमाले र प्रगतिशिल लोकतान्त्रिक बिच तालमेलको सहमति भएको छ । आइतबार दुई पार्टीबिच तालमेलको सहमति भएको हो । सहमति अनुसार एमालेले रुकुम पश्चिममा जनार्दन शर्मा र रुकुम पूर्वमा नेकपाका उम्मेदवार प्रचण्डविरुद्ध उठेका प्रलोपाका सन्दीप पुनलाई सघाउने भएको छ । तीन बुँदे सहमति पत्रको पहिलो बुँदामा प्रगतिशील लोकतान्त्रिक पार्टी, पश्चिम रुकुमका उम्मेदवार जनार्दन शर्मा र पूर्वी रुकुमका उम्मेदवार सन्दीप पुनको पक्षमा आँखा चिन्हमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले मतदान गर्ने उल्लेख छ ।
यस्तै दोस्रो बुँदामा कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका जिल्लाहरू र पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा प्रलोपाले एमालेका उम्मेदवारलाई सुर्य चिन्हमा भोट हाल्ने छ ।
सहमतिको तेस्रो बुँदामा दुवै पार्टीहरूले सहमति कार्यान्वयन गर्न आ–आफ्नो आन्तरिक पङ्क्तिलाई अविलम्ब निर्देशन गर्ने उल्लेख छ । सहमति पत्रमा एमालेको तर्फबाट उपाध्यक्ष रामबहादुर थापा र प्रलोपाबाट अध्यक्ष दुर्गा सोबको हस्ताक्षर छ ।
२०७९ सालमा प्रतिनिधी सभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र विच रुकुममा चुनावी तालमेल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *