गाउँ–गाउँमा नेपाली काँग्रेस रुकुम पश्चिमको चुनावी अभियान

रेखदेख संवाददाता
माघ १२, रुकुम (पश्चिम) ।
नेपाली काँग्रेस रुकुम पश्चिमले चुनावी अभियान थालेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनको लागि नेपाली काँग्रेसका रुकुम पश्चिमका नेता तथा कार्यकर्ताहरुले चुनावी अभियान थालेका हुन् ।


प्रतिनिधी सभा सदस्य उम्मेदवारी राजु केसी माघ ६ गते उम्मेदवारी दर्ता गरेसँगै नेपाली काँग्रेस रुकुम पश्चिमले चुनावी अभियान अभियान थालेका छन् ।
चुनावी अभियान अन्र्तगत पहिलो चरणमा नगरपालिका र गाउँपालिका स्तरका नेता तथा कार्यकर्ता बीचमा छलफल भईरहेको नेपाली काँग्रेस रुकुम पश्चिमका सचिव परमेश्वर भण्डारीले जानकारी दिएका छन् ।

माघ ६ गते उम्मेदवारी दर्तासँगै नेपाली काँग्रेस रुकमले चुनावी अभियना सुरु गरेको हो । जस अन्र्तगत फागुन ८ मुसिकोट नगरपालिकाको आयोजनामा विपी स्मृति भवनमा फागुन ९ गते बाँफीकोट गाउँपालिका, १० गते त्रिवेणी गाउँपालिकामा चुनावी अभियान सम्पन्न गरिएको छ । त्यस्तै आज फागुन १२ गते आठविसकोट नगरपालिकामा आयोजना गरिएको छ ।

पालिकास्तरका नेता कार्यकर्ताहरु गाउँटोलमा गएर प्रचार प्रसारमा लाग्ने निर्देशन दिएको नेपाली काँग्रेस रुकुम पश्चिमका सचिव भण्डारीले जानकारी दिएका छन् । त्यस्तै फागुन १३ गते सानीभेरी र फागुन १४ गते चौरजहारी नगरपालिकामा चुनावी अभियान अन्र्तगत कार्यक्रम हुने नेपाली काँग्रेस रुकुम पश्चिमले जानकारी दिएको छ । त्यसपछि वडा र घरदैलो कार्यक्रम गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *