नेपाली काँग्रेस रुकुमले निर्वाचन लक्षित १२ समिति गठन
रेखदेख संवाददाता
माघ १५, रुकुम । नेपाली काँग्रेस रुकुम पश्चिमले चुनावी प्रचारको लागि १२ वटा मुल समिति गठन गरेको छ । बिहीबार बसेको नेपाली काँग्रेस जिल्ला कार्यसमिति रुकुम पश्चिमको बैठकले १२ वटा मुल समिति गठन गरेको हो ।

जसमा नेपाली काँग्रस जिल्ला कार्यसमिति रुकुम पश्चिमका उपसभापति हर्कसिंह खत्रीको संयोजकत्वमा ३ सय १ सदस्यीय निर्वाचन परिचालन मुल समिति गठन गरिएको छ । जसमा जिल्ला कार्यसमिति, महासमिति सदस्य, महाधिबेशन प्रतिनिधी, पूर्व पधाधिकारी लगायतको गठन गरिएको छ ।
त्यस्तै उपसभापति सुरतजंग मल्लको संयोजकत्वमा ५ सदस्य अनुगमन समिति गठन गरिएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्ष मोहबीर खड्काको संयोजकत्वमा नीजि क्षेत्र समन्वय समिति, सहसचिव यज्ञबहादुर विष्टको संयोजकत्वमा स्थानीय प्रशासन समन्वय समिति, महासमिति सदस्य तिलक भण्डारीको संयोजकत्वमा निर्वाचन व्यवस्थापन समिति र महाधिवेशन प्रतिनिधी खड्क डाँगीको संयोजकत्वमा निर्वाचन प्रचार–प्रसार समिति गठन गरिएको छ ।

नेपाली काँग्रेस जिल्ला कार्य समितिको बैठकले नेपाली काँग्रेस प्रदेश ‘क’ का सभापति महेन्द्र केसीको संयोजत्वमा स्थानीय तह समन्वय समिति, जिल्ला सदस्य डा. दिपक पुनको संयोजकत्वमा बौद्धिक क्षेत्र समन्वय समिति, नेपाली काँग्रेस प्रदेश महाधिवेशन प्रतिनिधी नरबहादुर लम्सालको संयोकत्वतमा सामाजिक संघ संस्था समन्वयन समिति, जिल्ला सदस्य दिपक शाहीको संयोजकत्वमा धार्मिक संघ संस्था समन्वय समिति र किसान महासंघका केन्द्रीय सदस्य डिल्लीरमण महतको संयोजकत्वमा पूर्व आप्रवासी समन्वय समिति गठन गरिएको नेपाली काँग्रेस जिल्ला कार्यसमिति सह–सचिब यज्ञबहादुर विष्टले जानकारी दिएका छन् ।
उनका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचमा नेपाली काँग्रेका उम्मेदवारलाई विजय गराउनको लागि महत्वपूर्ण भुमिका खेल्ने जनाएको छ । त्यस्तै नेपाली काँग्रेसका शिर्षनेताहरु जिल्ला सभापति प्रेमप्रकाश ओली, केन्द्रीय सदस्य मानबहादुर नेपाली, नेपाली काँग्रेस कर्णाली प्रदेशका महामन्त्री तथा राष्ट्रिय सभा प्रमुख सचेत कृष्णबहादुर रोकाय र पूर्व राज्यमन्त्री तथा नेपाली काँग्रेसका नेता गोपालजी जंग शाहले सम्पूर्ण समितिहको परिचालन गर्ने जनाएको छ ।
त्यस्तै आज बसेको बैठकले निर्वाचन प्रचार प्रसारको लागि कार्यतालिका र मातहतका निकायलाई उम्मेदवारलाई विजयी बनाउन अहम भुमिका खेल्न परिपत्र समेत गरेको छ । साथै उम्मेदवारको निर्वाचन परिचालनको लागि सचिवालय बिपीस्मृती भवन जिल्ला पार्टी कार्यालयमा स्थापना गरिएको जनाएको छ ।

