नेकपा नेत्री पुनको घोषणाः प्रतिनिधीसभामा रुकुमबाट बागी उम्मेदवारी

रेखदेख संवाददाता
पुस ८, रुकुम । नेपाली कम्युनिष्ट पार्टीकी नेतृ लक्ष्मी पुनले आगामी प्रतिनिधीसभा सदस्य निर्वाचनमा रुकुमबाट बागी उम्मेदवारी दिने घोषणा गरेकी छिन । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै पार्टीको उम्मेदवार छनौटमा आपत्ती जनाउदै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरकी हुन । ‘कहिँ न भएको जात्रा रुकुम पश्चिममा १ सबै जिल्लाले प्रत्येक्ष तर्फ ५ जना उम्मेदवारहरुको नाम सिफारिस गर्ने बेला, यहाँ एक जनाको मात्र सिफारिस गर्ने कुराप्रति मेरो आपत्ती छ ।’
सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै भनेकी छिन, ‘त्यसैले स्वतन्त्र उठने निर्णय गरे १’ आगामी प्रतिनिधीसभा प्रत्यक्ष तर्फ युवा सहित ५ जनाको संभावित उम्मेदवार विवरण पठाउन नेकपाले सर्कुलर गरेको थियो । स्रोतका अनुसार रुकुम पश्चिम ५ जना नभएर एक जना सिंगल उम्मेदवारको रुपमा नेता गोपाल शर्मा अनलको नाम पठाउने तयारी गरेपछि उम्मेदवारकी आकांक्षी पुनले स्वतन्त्र उठ्ने घोषणा गरेकी हुन ।

पुनले यसअघि पनि नेकपा रुकुम पश्चिमको तर्फबाट प्रतिनिधीसभा उम्मेदवार आफ्नो दावी रहेको घोषणा गरेकी थिईन ।
पुन साविक नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य हुन । माओवादीले उनलाई पटक पटक समानुपातिक बन्द सूचीमा राखेर आश्वासन दिएपनि सांसद हुन भने अवसर हालसम्म पाएकी थिईनन् । २०५४ सालमा विद्यार्थी राजनीतिबाट उनी पार्टीमा जोडिएकी उनी युद्धपत्रकारको रुपमा लामो समय काम गरेर शान्ति प्रकृयापछि पार्टीको अन्य जिम्मेवारीमा जोडिएकी थिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *