नेपाली काँग्रेस रुकुम पश्चिमको सभापतिमा परियारको उम्मेदवारी घोषणा
रेखदेख संवाददाता
पुस ८, रुकुम ।
नेपाली काँग्रेस रुकुम पश्चिमको सभापतिमा यज्ञबहादुर परियारले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १५ औं महाधिबेशन नजिकीदै गर्दा जिल्ला सभापतिको लागि नेपाली काँग्रेसका महासमिति सदस्य तथा नेपाल दलित संघका केन्द्रीय सदस्य यज्ञबहादुर परियारले उम्मेदवारी घोषणा गरेका हुन् ।

बुधबार रेखदेख संँग भिडियो कुराकानी गर्दै नेपाली काँग्रेस रुकुम पश्चिमको सभापतिको उम्मेदवारी दिने तयारी रहेको र कुनैपनि हालतमा पछि नहट्ने बताएका छन् । उनी लामो समय देखी नेपाली काँग्रेस र नेपाल दलित संघ संग आवद्ध रहेका थिए । २०४७ साल जेठ १७ गते क्रियाशिल सदस्य भएका थिए । उनी नेपाल दलित संघको जिल्ला सभापतिमा २०५८ साल देखी २०६९ साल सम्म दुई कार्यकाल बनेका थिए ।
त्यस्तै दलित संघको केन्द्रीय सदस्य, नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधी र महासमिति सदस्य भएकाले अब जिल्लाको सभापति उम्मेदवारी बन्ने परियारले जनाएका छन् । उनले सम्पूर्ण नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई आफूलाई सघाउन अपिल समेत गरेका छन् ।
नेपाली काँग्रेस केन्द्रीय समितिको निर्णय अनुसार यहि पुस १६ गते देखि गाउँ÷वडा पुस १७ गते गाउँ÷नगरपालिका अबिधेशन, पुस १९ गते प्रदेश सभा क्षेत्रीय अबिधेशन, पुस २१ गते प्रतिनिधी सभा क्षेत्रीय अबिधेशन र नेपाली काँग्रेस रुकुम पश्चिमको ८ औं अबिबेशन एकै दिन हुनेछ ।
त्यस्त पुस २२ गते प्रतिनिधी सभा दुई क्षेत्र रहेका जिल्ला अबिधेशन र पुस २३ र २४ गते ७ वट प्रदेशमा अधिबेशन हुनुका साथै पुस २६, २७ र २८ गते १५ औं महाधिबेशन हुने मिति यसअघि नै तय भई रहेको छ । महाधिबेशनको तयारी संगै क्रियाशिल सदस्य नविकरण र नयाँ क्रियाशिल सदस्य दर्ताको काम अन्तिम चरणमा पुगेको नेपाली काँग्रेस रुकुम पश्चिमले जानकारी दिएको छ ।नेपाली काँग्रेस जिल्ला सभापतिको लागि यसअघि धेरै नेताहरुले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

