सहमतिमै टुंगियो प्रतिनिधी सभा र राष्ट्रिय सभाको उम्मेदवारी
रेखदेख संवाददाता
मंसिर २७ रुकुम । माघ २१ गते हुने प्रतिनिधीसभा निर्वाचनका लागि नेपाली काँग्रेस रुकुम पश्चिमले उम्मेदवारको टुंगो लगाएको छ । बुधबार र बिहीबार बसेको नेपाली काँग्रेस रुकुम पश्चिमले जिल्ला समितिको बैठकले प्रतिनिधीसभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा सदस्यको लागि उम्मेदवारको टुंगो लगाएको हो ।
जसमा प्रतिनिधीसभा प्रत्यक्षतर्फ प्रेमप्रकाश ओली, गोपाल जीजङ्ग शाह एक जना महिलाको टुंगो नलागेको नेपाली काँग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीले जानकारी दिएका छन् ।
उनका अनुसार प्रतिनिधी समानुपातिक तर्फ मानबहादुर नेपाली र मनिषा भण्डारीको नाम सिफारिस भएको छ । त्यस्तै राष्ट्रिय सभा सदस्यको लागि विरबहार ओलीको नाम सर्वसहमतिमा टुंगेको छ ।
नेपाली काँग्रेस केन्दको मंसिर २५ गतेको परिपत्र र नेपाली काँग्रेस उम्मेदवारी छनोट मापदण्ड र विधान अनुसार उम्मेदवारी नेपाली काँग्रेस जिल्ला कार्य समिति रुकुम पश्चिमको बैठकबाट सर्बसहमत रुपमा सिफारिस गरिएको सभापति ओलीको भनाई रहेको छ । उनले भने, ‘प्रतिनिधी सभा उम्मेदवारीको लागि नेपाली काँग्रेस जिल्लाको बैठकमा झण्डै आधा दर्जन नेताहरुले उम्मेदवारी बन्ने चाहाना गरेपनि मापदण्डका कारण सबैको सिफारिस गर्न नसकिएन ।’
नेपाली काँग्रेस जिल्ला कार्य समितिको बैठकमा प्रत्यक्षतर्फ नेपाली काँग्रेस रुकुम पश्चिमका सभापनि प्रेमप्रकाश ओली, गोपाल जीजङ्ग शाह, उपसभापति सुरतजंग मल्ल, युवा नेता शिव आचार्य र राजु केसीको उम्मेदवारीमा दावी रहेको नेपाली काँग्रेस जिल्ला कार्य समिति रुकुम पश्चिमले जानकारी दिएको छ । त्यस्तै दलित समानुपाति यज्ञबहादुर परियारको पनि दावी रहेको थियो ।

