डिग्रे शाईकुमारी बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षताममा भण्डारी

रेखदेख संवाददाता
मंसिर २६, रुकुम ।
डिग्रे शाईकुमारी बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षतामा मनिषा भण्डारी सर्वसहमतीमा चयन भएकी छिन । सहकारी संस्थाका अध्यक्ष बेदराज पाेख्रेलले अध्यक्ष पदबाट राजिनामा दिएपछि रिक्त पदमा बाँकी अबधिकाे लागि मनिषा भण्डारीलाई २० औं साधारणसभावाट चयन अध्यक्षमा चयन गरिएकाे हाे ।

अध्यक्ष बेदराज पाेखरेलले पुर्खेउली घर दाङमा बस्ने र यता संस्थामा समय दिन नसक्ने भएकाे भन्दै राजिनामा दिएपछि उपाध्यक्ष मनिषा भण्डारीलाई अध्यक्षकाे जिम्मेवारी दिएकाे डिग्रे शाईकुमारी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक यज्ञबहादुर बिष्टले जानकारी दिएका छन् । उनका अनुसार अध्यक्ष भण्डारीकाे बाँकी अबधि २ वर्षको हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *